विराट ट्रेड एक्स्पो : कोशीमा सम्भावना, समन्वय र ब्रान्डिङमा जोड
विराटनगर । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आज पर्यटन उद्योग, अवसर र सम्भावनाबारे छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विचार विमर्श भएको हो ।
छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र चुनौतीबारे प्रस्तुति दिएका थिए । उनले कृषि, संस्कृति, पदयात...






























