मोरङको पथरीबाट जरायोको सिङसहित दुई जना पक्राउ
विराटनगर । मोरङको पथरी शनिश्चिरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राई छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक हस्तबहादुर सुनारका अनुसार निरजको घरबाट जरायोको सिङ बरामद भएको हो । उनको घरमा जरायोको सिङ लुकाएर राखेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो ।
सोही आधारमा इ...




























