विराटनगरको सिङ्घिया आरती स्थलमा शिवको मूर्ति शिलान्यास (फोटो फिचर)
विराटनगर । विराटनगर-१ परोपकार घाटस्थित परमार्थ सिंघिया आरती स्थलमा शिवको मूर्ति निर्माणका लागि आज शिलान्यास गरिएको छ । आरती सुरुवातको दोस्रो वर्ष प्रवेशको अवसर पारेर मूर्तिको शिलान्यास गरिएको हो ।
आरती स्थलमा साँझ आयोजित कार्यक्रममा प्रथम महिला शङ्कराचार्य महामण्डलेश्वर हेमानन्द गिरी, कोशी प्रदेशका पर्यटन मन्त्री सदानन्द मण्डल, विराटनगर महानगरका मेयर नागेश कोइराला लगायतले संयुक्त रुपमा मुर्ति श...





























