भेडेटारमा पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्ने मन्त्री मण्डलको प्रतिवद्धता

भेडेटारमा पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्ने मन्त्री मण्डलको प्रतिवद्धता

धनकुटा । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले प्रमुख पर्यटकीय गन्तव्य भेडेटारको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने बताएका छन् । १३ औं फुड फेस्टिभल अर्थात खाना महोत्सवको उद्‌घाटन समारोहमा बोल्दै मन्त्री मण्डलले कोशी सरकारले भरपुर सहयोग गर्ने बताएका हुन् । भेडेटारको प्रवेशद्वारमा धनकुटाका पर्यटकीय स्थलहरूको होडिङ बोर्ड राख्न समेत सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । उनले...
सुनसरीको लौकहीमा सडकमा शव राखेर प्रदर्शन, राजमार्ग अवरुद्ध

सुनसरीको लौकहीमा सडकमा शव राखेर प्रदर्शन, राजमार्ग अवरुद्ध

विराटनगर । सुनसरीको लौकहीमा सशस्त्रले चलाएको गोली लागेर मृत्यु भएका सिटी सफारी चालकको शव सडकमा राखेर प्रदर्शन भइरहेको छ । आक्रोशित स्थानीयको प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध भएको छ । गएराति करिब १ः१० बजे कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । सोही विषयलाई लिएर स्था...
सुनसरीमा सशस्त्रले चलाएको गोली लागेर सफारी चालकको मृत्यु

सुनसरीमा सशस्त्रले चलाएको गोली लागेर सफारी चालकको मृत्यु

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालकको मृत्यु भएको छ । गएराति करिब १ः१० बजे तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । प्रहरीका अनुसार साहले आफ्नै सिटी सफारीमा ८/१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । सिटी चलाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको जनाइएको...
धनकुटाको भेडेटारमा सुरु भयो फुड फेस्टिभल (फोटो फिचर)

धनकुटाको भेडेटारमा सुरु भयो फुड फेस्टिभल (फोटो फिचर)

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारमा आजबाट १३ औँ फुड फेस्टिभल सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्‌घाटन गरेर फुड फेस्टिभलको शुभारम्भ गरेका हुन् । होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा सुरु भएको फुड फेस्टिभल अर्थात खाना महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गरिएको...
डेढ दशकमा मोरङबाट ६७१ बालिका बेपत्ता, १०७ जनाको उद्धार

डेढ दशकमा मोरङबाट ६७१ बालिका बेपत्ता, १०७ जनाको उद्धार

विराटनगर । मोरङबाट पछिल्लो डेढ दशकमा ६ सय ७१ जना बालिका बेपत्ता भएका छन् । सन् २०१० देखि २०२५ सम्मको अवधिमा ६ सय ७१ बालिका बेपत्ता भएकामा १ सय ७ जना फेला परेका माइती नेपाल विराटनगरले जनाएको छ । सन् २०२५ मा मानव बेचविखन तथा ओसारपसार विरुद्ध माइती नेपाल विराटनगरले गरेको कार्यबारे आज पत्रकारहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले स...
धनकुटा नगरपालिकाद्वारा पर्यटन नीति बनाउन सरोकारवालासँग छलफल

धनकुटा नगरपालिकाद्वारा पर्यटन नीति बनाउन सरोकारवालासँग छलफल

धनकुटा  । धनकुटा नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि पर्यटन नीति निर्माण गर्न सरोकारवाला निकायसँग छलफल गरेको छ । नगरपालिकाले पर्यटन नीतिका लागि विभिन्न ६ वटा शीर्षकमा छलफल गरेको हो । होमस्टे तथा सामुदायिक पर्यटन, होटल रेष्टुरेन्ट तथा आतिथ्य सत्कार, पदमार्ग गाइड तथा साहसिक पर्यटन तथा पर्यटन पूर्वाधारमा सुझाव लिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले बताए । यस्तै पहुँच, पर्यटन ...
कोशी प्रदेशको चुनावी सुरक्षा रणनीति बनाउन जिल्लादेखि केन्द्रसम्मका सुरक्षा प्रमुख विराटनगरमा

कोशी प्रदेशको चुनावी सुरक्षा रणनीति बनाउन जिल्लादेखि केन्द्रसम्मका सुरक्षा प्रमुख विराटनगरमा

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेशको सुरक्षा रणनीति तय गर्न आज विराटनगरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको छ । गृह मन्त्रालय र कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्त रुपमा सुरक्षा गोष्‍ठी आयोजना गरेका हुन् । गोष्ठी उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन...
विराटनगरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगर-१४ मा मंगलबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक भारतको अररिया छोटी मस्जिदका २५ वर्षीय मोहमद राजाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । स्कुटर पछाडि सवार सोही स्थानका २० वर्षीय मोहमद इमरान पनि घाइते भएका छन् । उनको कोशी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ...
कोशी प्रदेशस्तरीय सुरक्षा बैठक विराटनगरमा सुरु

कोशी प्रदेशस्तरीय सुरक्षा बैठक विराटनगरमा सुरु

विराटनगर । विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा बैठक सुरु भएको छ । बैठकको गृहमन्त्री ओमप्रकाश अर्यालले उद्‌घाटन गरे । उद्‌घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको मुख्य उद्देश्य तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए । उनले सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ रहेको उल्लेख गरे । निर्वाचन लोकतन्त्रको अभि...
विराट ट्रेड एक्स्पोमा आज स्टार्टअप आइडिया पिच

विराट ट्रेड एक्स्पोमा आज स्टार्टअप आइडिया पिच

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा संचालन भइरहेको विराट ट्रेड एक्स्पोमा स्टार्टअप आइडिया पिच गरिएको छ । आज सातवटा आइडिएटरले आफ्ना आइडिया पिच गरेका हुन् । यसको निर्णायकमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जन, संघका उपाध्यक्ष अनिल शारडा, कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी र पूर्वाञ्चल विश्व विद्यालय व्यवस्थापन संकायका डिन डा.स...
प्रतिनिधि सभा निर्वाचन : धनकुटामा ११९ मतदान स्थल र १६६ मतदान केन्द्र कायम

प्रतिनिधि सभा निर्वाचन : धनकुटामा ११९ मतदान स्थल र १६६ मतदान केन्द्र कायम

धनकुटा । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यलय धनकुटाका अनुसार धनकुटा नगरपालिकामा १५्र मतदान स्थलमा २९ मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा २१ मतदान स्थलमा २७ मतदान केन्द्र र पाख्रीबास नगरपालिकामा १५ मतदान स्थलमा २३ मतदान केन्द्र कायम भएका छन् । यस्तै साँगुरीगढी गाउँपालिकामा २१ मतद...
विराटनगर आएका गृहमन्त्री अर्यालले भने– म कुनै दलमा छैन

विराटनगर आएका गृहमन्त्री अर्यालले भने– म कुनै दलमा छैन

विराटनगर । बुधबारदेखि सुरु हुने प्रदेश स्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्न विराटनगर आएका गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । सुशासनको नारा दिनेहरू नै पार्टी खोलेर हिँडिरहेका छन् भन्ने प्रश्नमा उनले आफू त्यसमा सहभागि नभएको बताए । ‘म त्यसमा सहभागी छैन, यति मात्र भन्न सक्छु’, उ...
ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएको १६ वर्षपछि धनकुटाका तामाङ पक्राउ

ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएको १६ वर्षपछि धनकुटाका तामाङ पक्राउ

धनकुटा । ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका धनकुटाको चौबिसे गाउँपालिका-३ का ६२ वर्षीय भीमबहादुर तामाङ १६ वर्षपछि पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई मोरङको केराबारी गाउँपालिका-६ बाट आइतबार पक्राउ गरेको हो । जिल्ला अदालत धनकुटाले तामाङलाई २०६६ जेठ २३ गते १० वर्ष कैद सजाय तोकेको थियो । तर उनी फरार थिए । धनकुटा प्रहरीका इन्स्पेक्टर किशोर तामाङका अनुसार भीमबहादुर...
धनकुटामा थपिए १ हजार ४३४ नयाँ मतदाता

धनकुटामा थपिए १ हजार ४३४ नयाँ मतदाता

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा एक हजार चार सय ३४ जना नयाँ मतदाता थपिएका छन् । योसँगै धनकुटामा कुल मतदाता संख्या एक लाख १८ हजार चार सय २५ पुगेको छ । जसमा ५९ हजार चार सय ८३ पुरुष र ५८ हजार नौ सय ४२ जना महिला छन् । यसअघि धनकुटामा एक लाख १६ हजार नौ सय ९१ जना मतदाता थिए । मतदाता नामावलीमा तीन हजार दुई सय ७२ जनाले नाम दर्ता गराएको भएपनि एक हजार चार सय ३४ ...
ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई विकाससँग जोड्न आवश्यक छ : मेयर कोइराला 

ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई विकाससँग जोड्न आवश्यक छ : मेयर कोइराला 

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकको योगदान र अनुभवलाई विकाससँग जोड्न आवश्यक रहेको बताएका छन् । ज्येष्ठ नागरिक कार्यसमिति विराटनगर-६ को तेस्रो साधारणसभामा बोल्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई समाजको विकाससँग जोड्न आवश्यक रहेको बताएका हुन् । ‘ज्येष्ठ नागरिक केवल उमेरले अग्रज मात्र होइनन्, उनीहरू हाम्रो समाजका जीवित इतिहास, संस्कारका सं...
विराटनगरको एभरेष्ट कलेजमा केयूको बीआईटी पढाइ हुने

विराटनगरको एभरेष्ट कलेजमा केयूको बीआईटी पढाइ हुने

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको बीआईटी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) अध्यापन हुने भएको छ । योसँगै कोशी प्रदेशमा निजी शिक्षण संस्था तर्फ केयूको सम्बन्धन प्राप्त गर्ने एभरेष्ट पहिलो संस्था बनेको छ । यद्यपि विराटनगरकै एस्पायर कलेजमा भने स्कुल अफ इन्जिनियरिङको विस्तारित कार्यक्रम अनुसार अध्यापन हुँदै आएको थियो । आगामी शैक्षिक सत्रदेखि एभरेष्टमा बीआईटी अध्याप...
विराट ट्रेड एक्स्पो : साना तथा मझौला उद्योगको संरक्षणका लागि नीतिगत सुधारमा जोड

विराट ट्रेड एक्स्पो : साना तथा मझौला उद्योगको संरक्षणका लागि नीतिगत सुधारमा जोड

विराटनगर । विराटनगरमा जारी ‘विराट ट्रेड एक्स्पो’ अन्तर्गत साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि र संरक्षणलाई केन्द्रमा राखेर विशेष थिमेटिक सेसन भएको छ । ‘साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण’ शीर्षकमा आज आयोजित उक्त प्यानल छलफलमा उद्योगी, नीति निर्माता र सरोकारवालाहरूले उद्योगमैत्री नीति, सहज लगानी, आधुनिक प्रविधि र बजार पहुँचका विविध पक्षमा गहन छलफल गरेका हुन् । कार्यक्रमका प्रमुख अ...
धनकुटामा सडेको अवस्थामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

धनकुटामा सडेको अवस्थामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

धनकुटा । धनकुटामा सडेको अवस्थामा पुरुषको शव फेला परेको छ । सहिदभूमि गाउँपालिका-१ कर्कलेस्थित कालसिंह जंगलमा करिब ५५ वर्ष उमेरको पुरुषको शव फेला परेको हो । शनिबार फेला परेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । शव सडेको अवस्थामा भएकाले चिन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । ‘शव हेर्दा तराईमूलको जस्तो देखिन्छ’, इन्स्पेक्टर किशोर तामाङले संगालोखबरसँग भने, ‘मानिस हराएको...
यस्तो छ भाइरल तस्बिरको कथा, जसले कृषकको मेहनत बोल्छ

यस्तो छ भाइरल तस्बिरको कथा, जसले कृषकको मेहनत बोल्छ

विराटनगर । अहिले एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन तस्बिरमा देख्न सकिन्छ– टेबल वरिपरि मान्छे र बीचमा पैसाको चाङ । झट्ट हेर्दा विश्वास नलाग्न पनि सक्छ । किनकी अहिले प्रविधिको दुरुपयोग गर्दै विभिन्न भ्रम छर्ने गरेको पनि पाइन्छ । तर यो तस्बिर भने वास्तविक हो । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलास्थित गोगनेका किसानले सामूहिक अलैँची खेतीबाट आम्दानी गरेको पैसा हो । यो तस्बिर ...
विराटनगरमा लेखा प्रणालीसम्बन्धी तालिम

विराटनगरमा लेखा प्रणालीसम्बन्धी तालिम

विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरूलाई लेखा प्रणालीसम्बन्धी तालिम दिएको छ ।सहकारीको लेखा प्रणालीलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यले महानगर क्षेत्रभित्र रहेका सहकारीका पदाधिकारीहरूलाई एकदिने तालिम दिइएको हो । महानगरका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । सहकारीलाई विधि विधानअनुसार सञ्चालन गर्न यस्ता तालिम...
नख्खु कारागारबाट भागेका कैदी बेलबारीबाट पक्राउ

नख्खु कारागारबाट भागेका कैदी बेलबारीबाट पक्राउ

विराटनगर । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मा छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले मोरङको बेलबारी नगरपालिका-४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्था उनलाई पक्राउ गरेको हो । उनी जबरजस्ती करणी मुद्दामा...
धनकुटामा अलैँची उत्पादन बढ्यो

धनकुटामा अलैँची उत्पादन बढ्यो

धनकुटा । धनकुटामा खोल्सीको कालो सुन अर्थात अलैँची उत्पादन बढेको छ । पछिल्लो समय कृषकले अन्य बाली मासेर करेसाबारीमा पनि अलैँची लगाउँन थालेपछी उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ६ दशमलव ५२ प्रतिशतले अलैँची उत्पादन बढेको छ । गत आर्थिक वर्षमा १ सय २७ हेक्टर क्षेत्रफलमा अलैँची खेती भएकोमा यो आर्थिक वर्षमा १ सय ३३ हेक्टर क्षेत्रफलमा अलैँची खे...
विराटनगर विमानस्थलबाट ११ महिनामा ६ लाख ६९ हजार यात्रुलाई सेवा

विराटनगर विमानस्थलबाट ११ महिनामा ६ लाख ६९ हजार यात्रुलाई सेवा

विराटनगर । विराटनगर विमानस्थलबाट पछिल्लो ११ महिनामा ६ लाख ६९ हजार यात्रुले सेवा पाएका छन् । सन् २०२५ को जनवरी देखि नोभेम्बर सम्म विमानस्थलले ६ लाख ६९ हजार ४ सय ३४ यात्रुलाई सेवा दिएको हो । कोशी प्रदेशमा रहेका विमानस्थलहरू मध्ये विराटनगरबाट सबैभन्दा बढी यात्रुले सेवा लिएका हुन् । इलामस्थित सुकिलुम्बा विमानस्थलबाट सबैभन्दा कम ८३ जना यात्रुले सेवा लिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसा...
मोरङको लोहन्द्रा खोलामा युवतीको शव फेला

मोरङको लोहन्द्रा खोलामा युवतीको शव फेला

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ चपरमाडीस्थित लोहन्द्रा खोलामा एक युवतीको शव फेला परेको छ । आइतबार राति १० बजे ग्रामथान-६ की २६ वर्षीय पूजा माझीको शव फेला परेको हो । उनको डुबेर मृत्यु भएको अवस्थामा राति १० बजेतिर शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ । घटनाका सम्बन्धम...
झापामा पानीको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु

झापामा पानीको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु

झापा । झापाको झापा गाउँपालिका-२ मा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुब्दा एक बालकको मृत्यु भएको छ । आइतबार दिउँसो करिब २ः३० बजे दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांश घरअगाडि खेल्ने क्रममा पानी भरिएको खाल्डोमा डुबेका थिए । गम्भीर घाइते उनलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । तर उनको उपचारकै क्रममा अपराह्‍न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएक...
उपचारका लागि भोजपुरबाट आएकी सासुको ज्वाइँद्वारा हत्या, रक्सी नखान भनेकी थिइन्

उपचारका लागि भोजपुरबाट आएकी सासुको ज्वाइँद्वारा हत्या, रक्सी नखान भनेकी थिइन्

विराटनगर । सुनसरीको इटहरी-९ स्थित बीपी चोकमा ज्वाइँले सासुको विभत्स हत्या गरेका छन् । आइतबार साँझ ४० वर्षीय ज्वाइँ गणेश साह गुप्ताले ५६ वर्षीया सासु पबीमाया बयलकोटीको हत्या गरेका हुन् । हत्या आरोपमा गुप्तालाई राति नै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए । प्रहरीका अनुसार पबीमाया उपचारका लागि भोजपुरबाट इटहरी आएकी थिइन् । आज उनी घर फर्कने तयारीमा थिइन् । सो...
केराबारीमा गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन हवाई फायर, धनकुटाका दुई जना पक्राउ

केराबारीमा गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन हवाई फायर, धनकुटाका दुई जना पक्राउ

विराटनगर । मोरङको केराबारी गाउँपालिका-५ लाफा टोलबाट प्रहरीले गोली चलाएर गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । आइतबार राति ११ बजे हवाई फायर गरेर गाँजा बोकेको एम्बुलेससहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका-६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समै सवार साँगुरीगढी गाउँपालिका-२ का २० वर्षीय खगेन्द्र लिम्बू छन् । धनकुटाबाट ...
शिक्षण अस्पताल सञ्चालनमा ढिलाइ हुँदा धनकुटावासीमा थपियो निराशा

शिक्षण अस्पताल सञ्चालनमा ढिलाइ हुँदा धनकुटावासीमा थपियो निराशा

विराटनगर । कोशी प्रदेश सरकारले शिक्षण अस्पतालको आश्वासन दिएपनि सञ्चालनमा ढिलाइ हुँदा धनकुटावासीमा निराशा बढ्न थालेको छ । पहाडी जिल्लाको धनकुटा अस्पताललाई शिक्षण अस्पताल बनाउने कोशी सरकारले घोषणा गरेर   प्रकृया सुरु भैसकेको सपना देखाएपनि अझै हस्पताल हस्तान्तरण नगर्दा धनकुटावासी निरास बनेका हुन् । संघियता कार्यान्वयनपछि तत्काल क्षेत्रिय सदरमुकाम सरेपछि बिरानो बन्न पुगेको धनकुटामा राजधानी माग्दै म...
विराट ट्रेड एक्स्पो : कोशीमा सम्भावना, समन्वय र ब्रान्डिङमा जोड

विराट ट्रेड एक्स्पो : कोशीमा सम्भावना, समन्वय र ब्रान्डिङमा जोड

विराटनगर । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आज पर्यटन उद्योग, अवसर र सम्भावनाबारे छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विचार विमर्श भएको हो । छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र चुनौतीबारे प्रस्तुति दिएका थिए । उनले कृषि, संस्कृति, पदयात...
धनकुटाको बाल पुनर्स्थापना केन्द्रका बालबालिकालाई शैक्षिक सामग्री वितरण

धनकुटाको बाल पुनर्स्थापना केन्द्रका बालबालिकालाई शैक्षिक सामग्री वितरण

धनकुटा । धनकुटा नगरपालिका-४ देब्रेवासमा मदन आश्रित प्रतिष्ठानद्वारा संचालित बाल पुनर्स्थापना केन्द्रका बालबालिकाहरूलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखाले शैक्षिक सामाग्री बितरण गरेको छ । शाखाको ३३ औं स्थापना दिवसको अवसरमा आज केन्द्रमा रहेका १३ जना  बालबालिकाहरूलाई शैक्षिक सामाग्री बितरण गरिएको हो । बालबालिकाको शैक्षिक उन्नयनमा सहयोग होस् भन्ने उद्देश्यले सामाग्री बितरण गरिएको  शाखाका अध्यक्ष वि...
विराटनगरबाट श्रोत नखुलेको ६ लाख रुपैयाँसहित अग्रवाल पक्राउ

विराटनगरबाट श्रोत नखुलेको ६ लाख रुपैयाँसहित अग्रवाल पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित रानीबाट श्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-६ का ४९ वर्षीय अरविन्द अग्रवाल छन् । आज बिहान करिब ११ः३० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०४-००१ च ०१६४ नम्बरको सेतो रङको कारमा हुण्डीको रकम कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएको हो । उनको कारबाट स्रोत नखुलेको १...
error: Content is protected !!