खोटाङमा दिदी-भाइको शव चिहानबाट निकालेर अनुसन्धान गर्दै प्रहरी
विराटनगर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बुस्थित सापातेलमा दाहसंस्कार गरिएका दिदी-भाइको शव चिहानबाट निकालेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिए पनि खबरै नगरी दाहसंस्कार गरिएको भन्दै प्रहरीले चिहानबाट शव निकालेर अनुसन्धान सुरु गरेको हो ।
साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए । तर आफन...




























