सुनसरीमा कारबाट एक क्विन्टल बढी गाँजा बरामद, दुई जना पक्राउ
विराटनगर । सुनसरीबाट एक सय २० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ ७ः३० बजे बराहक्षेत्र नगरपालिका-५ तिनकुनेबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कार चालक विराटनगर महानगरपालिका-४ इक्राहीका २६ वर्षीय धिरज गोसाइँ र कारमा सवार जहदा गाउँपालिका-७ का २२ वर्षीय विकास यादव छन् ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धरानबाट कालाबन्जरतर्फ जाँदै गरेको प्रदेश १-...



























