इनरुवामा घर बनाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु, एक गम्भीर

इनरुवामा घर बनाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु, एक गम्भीर

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-३ मा करेन्ट लागेर घर निर्माणको काम गर्ने मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जू गाउँपालिका-६ का ३५ वर्षीय नन्दकुमार चौधरी छन् । करेन्ट लागेर गढी गाउँपालिका-३ का ३२ वर्षीय श्रवण चौधरी घाइते भएका छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार आज बिहान ११ बजे निर्माणधीन घरको छत ढलान गर्न फलामको डन्डी मिलाउने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो ...
सुनसरीको देवानगञ्जमा छुरा प्रहार गरी छोराले गरे बुबाको हत्या

सुनसरीको देवानगञ्जमा छुरा प्रहार गरी छोराले गरे बुबाको हत्या

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ मा छोराले बुबाको हत्या गरेका छन् । घरायसी विवादका क्रममा ४० वर्षीय मोहम्मद रियाज अन्सारीले छुरा प्रहार गरेर ६० वर्षीय बुबा सचिव अन्सारीको हत्या गरेका हुन् । प्रहरीका अनुसार जग्गा विवादमा रियाजले बुबाको शरीरको विभिन्न भागमा छुरा प्रहार गरेका थिए । आज बिहान विवाद उत्कर्षमा पुगेपछि रियाजले बुबालाई छुरा प्रहार गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज ख...
धरानबाट लागूऔषधसहित एक जना पक्राउ

धरानबाट लागूऔषधसहित एक जना पक्राउ

सुनसरी । धरानबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का २७ वर्षीय अन्जान विश्वकर्मा छन् । मंगलबार लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ट्रामाडोल एक हजार आठ सय ७३ क्याप्सुल र डिकोलिक एक हजार आठ सय ३४ ट्याब्लेट बरामद गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता ...
धरानबाट गाँजासहित दुई जना पक्राउ

धरानबाट गाँजासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-७ का २४ वर्षीय सुरेश खत्वे र इटहरी-८ का २० वर्षीय तुलसी पासवान छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार सोमबार साँझ धनकुटाको राजारानीबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको बस चेकजाँच गर्दा गाँजा फेला परेको हो । बसको डिकीमा दुई वटा झोलामा लु...
सप्तकोसी नदीमा नुहाउन पसेका एक बालक बेपत्ता

सप्तकोसी नदीमा नुहाउन पसेका एक बालक बेपत्ता

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोसी नदीमा नुहाउन पसेका बालक बेपत्ता भएका छन् । भोक्राहा नरसिंह गाउँपालिका-१ का ११ वर्षीय दीपेश मेहता नदीमा बेपत्ता भएका हुन् । तीन जनासँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएका र दीपेश बेपत्ता भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाको भनाइ छ । बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ । हालसम्म उनीलाई फेला...
सुनसरीमा करेन्ट लागेर ७२ वर्षीय वृद्धको मृत्यु

सुनसरीमा करेन्ट लागेर ७२ वर्षीय वृद्धको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-८ मा करेन्ट लागेर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीय तिलक चौधरी छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार आइतबार राति साउण्ड सिस्टममा चुँडिएको तार मर्मत गरेर प्लकमा जोड्ने क्रममा करेन्ट लाग्दा वृद्धको घटनास्थलमै मृत्यु भएको हो ।  मृतकको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । घटन...
तेजाब खाएका धरानका पुरुषको उपचारका क्रममा मृत्यु

तेजाब खाएका धरानका पुरुषको उपचारका क्रममा मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-७ का ४४ वर्षीय सरोज विकको तेजाब सेवनबाट मृत्यु भएको छ । असार २३ गते घरको धारा सफा गर्न राखेको तेजाब खाएर बिक सिकिस्त भएका थिए । उनको उपचारका क्रममा आइतबार राति मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । उनले मादक पदार्थ सेवन गरेर तेजाब खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तेजाब खाएर सिकिस्त भएका विकलाई सुरुमा बीपी कोइरा...
इटहरीको ट्यांग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेका दुई बालकको मृत्यु

इटहरीको ट्यांग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेका दुई बालकको मृत्यु

विराटनगर । सुनसरी इटहरी उपमहानगरपालिका-३ स्थित ट्यांग्रा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी-३ कल्याण चोकका ९ वर्षीय दीपसन चौधरी र इटहरी-२ का ९ वर्षीय क्रिश्वास लिम्बुको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरू आज दिउँसो पौडी खेल्ने क्रममा डुबेका थिए । खोलामा डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि विराट शिक्षण अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको...
सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-७ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा सोही स्थानका ३५ वर्षीय पारस यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार को ३४ प ५१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल प...
सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरी । सुनसरीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शुक्रबार इटहरी-२० मा प्रदेश २-०१-००३ प २७२८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा सिरहाको लाहान-८ का ५० वर्षीय विमल कुमार साहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी भोक्राहा नरसिं...
सुनसरीबाट ब्राउन सुगरसहित २१ वर्षीया युवती पक्राउ

सुनसरीबाट ब्राउन सुगरसहित २१ वर्षीया युवती पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ भन्सार रोडबाट लागूऔषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका-९ की २१ वर्षीया प्रतीक्षा कुमारी राय छिन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनको साथबाट एक ग्राम ब्राउन सुगर बरामद भएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर आवश्यक अनुसन्धान स...
सुनसरीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-६ मा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक रामधुनी-५ का ५० वर्षीय गणेश राजधामीको मृत्यु भएको हो । बिहीबार साँझ चतराबाट इटहरीतर्फ आउँदै गरेको को १४ प ४५८ नम्बरको स्कुटरलाई बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको को ३७ प ३८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका राजधामीको उ...
सुनसरीबाट तीन सय किलो बेवारिसे गाँजा बरामद

सुनसरीबाट तीन सय किलो बेवारिसे गाँजा बरामद

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-७ क्वाटर डाँडाबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । बिहीबार दिउँसो विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बाँसको झ्याङमा लुकाएको अवस्थामा गाँजा बरामद गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार १० वटा पोकामा फेला परेको गाँजाको तौल तीन सय किलो छ । बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ । बेवारिसे अवस्थामा फेला परेको ...
सुनसरीमा गोली प्रहार गरेर सालीको हत्या

सुनसरीमा गोली प्रहार गरेर सालीको हत्या

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराती भिनाजुले गोली प्रहार गरेर सालीको हत्या गरेका छन् । गोली प्रहारबाट स्थानीय १८ वर्षीया अर्सी खातुनको मृत्यु भएको हो । अर्सीकै भिनाजु भारतको पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले उनीमाथि गोली प्रहार गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । ‘ससुरालीमै आएर राती सालीमाथि गोली प्रहार गरेछन्,’ डीएसपी खतिवडाल...
सुनसरीको इनरुवामा घरभित्रै मृत भेटिए पति-पत्नी 

सुनसरीको इनरुवामा घरभित्रै मृत भेटिए पति-पत्नी 

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-९ बबियामा पति-पत्नी घरभित्रै मृत फेला परेका छन् । प्रहरीका अनुसार आज बिहान ४० वर्षीय शुकदेव शर्मा र उनकी पत्नी ३२ वर्षीया सवेता खातुन मृत फेला परेका हुन् । सुनसरी प्रहरीका अनुसार बाँसको टाटीबेरा भएको एक तले कच्ची घरको धुरीमा झुण्डिएको अवस्थामा शुकदेव मृत फेला परेका छन् भने पत्नी ओछ्यानमा मृत फेला परेकी हुन् । स्थानीयले दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरे...
झापा र सुनसरीबाट लागूऔषधसहित ६ जना पक्राउ 

झापा र सुनसरीबाट लागूऔषधसहित ६ जना पक्राउ 

विराटनगर । कोशीका दुई जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । झापा र सुनसरीबाट उनीहरू पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका-४ का १९ वर्षीया प्रिया तामाङ, दमक-५ का १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रवीन चेम्जोङ र दमक-१० का २७ वर्षीय मनोज खनाल छन् । उनीहरूलाई ३५० क्याप्सुल र ...
सुनसरीको देवानगञ्जबाट गाँजासहित दुई जना पक्राउ

सुनसरीको देवानगञ्जबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ यादव टोलबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगञ्ज-२ का २० वर्षीय प्रकाश यादव र देवानगञ्ज-७ का १९ वर्षीय धिरज यादव छन् । उनीहरूलाई बुधबार राति पाँच किलो गाँजासहित पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्रकाशको घर खानतलासी गर्दा मकैको ढोडसहित बोरामा रा...
सुनसरीमा टिकटकबाट अफवाह फैलाउने युवक पक्राउ

सुनसरीमा टिकटकबाट अफवाह फैलाउने युवक पक्राउ

विराटनगर । सामाजिक संजाल टिकटकमार्फत अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोशी गाउँपालिका-३ नहरचोकका २२ वर्षीय साहिल अंसारी छन् । घृणित र अपमानजनक अश्लिल शब्द प्रयोग गर्दै समाजमा सम्भावित धार्मिक हिंसा भड्काउने भिडियो बनाई सामाजिक संजाल टिकटक लगायतमा सम्प्रेषण गरेपछि उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । उनलाई कोशी गाउँपालिका-३ जमुवाबाट पक्राउ गरिएको...
सुनसरीबाट गाँजासहित एक जना पक्राउ

सुनसरीबाट गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको आमचोक गाउँपालिका-८ का २१ वर्षीय अंकित मगर छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनले बोकेको जेब्रा झोलाबाट ९ किलो ५ सय ग्राम गाँजा बरामद भएको छ । उनलाई इलाक...
इटहरीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

इटहरीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१६ मुरा खोलामा पौडी खेल्न गएका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार इटहरी-१६ का ९ वर्षीय युनिस खत्री र इटहरी-५ का ११ वर्षीय हेमबहादुर परियारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनीहरू पौडी खेल्ने क्रममा खोलाको दहमा डुबेका थिए । उद्धार गरी उनीहरूलाई सान्बी सिटी अस्पताल इटहरीमा लगिएकोमा चिकित्सकल...
सुनसरीमा भारतीय कारबाट १६२ किलो गाँजा बरामद

सुनसरीमा भारतीय कारबाट १६२ किलो गाँजा बरामद

विराटनगर । सुनसरीमा भारतीय नम्बर प्लेटको कारबाट १६२ किलो गाँजा बरामद भएको छ । आज बिहानको राति २ः१० बजे बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकबाट चेकजाँचका क्रममा प्रहरीले गाँजा बरामद गरेको हो । गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार एमएच ०२ बीपी ९७४२ नम्बरको भारतीय कारमा गाँजा फेला परेको हो । प्रहरीलाई देख्न...
सुनसरीको धरानबाट गाँजासहित दुई जना पक्राउ

सुनसरीको धरानबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशानेबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको पौवादुम्मा गाउँपालिका-६ का ३६ वर्षीय जीवनराज राई र सोही स्थानका ३१ वर्षीय आरएन राई छन् । धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा प्र ०१-००६ ख ६२६८ नम्बरको बसमा चेकजाँच गर्दा गाँजा फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनका अनुसा...
धरानमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

धरानमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१६ मा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-१७ पृथ्वीचोकका ४९ वर्षीय खगेन्द्र राई छन् । राईले दुई महिना अघि मेयर हर्क साम्पाङको नेतृत्वमा भइरहेको श्रमदानका क्रममा यौन दुर्व्यवहार गरेको आरोप छ । राई श्रमदान अभियानमा खाना पकाउने जिम्मेवारीमा रहेका थिए । इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगूका अनुसार...
सुनसरीबाट मलद्वारमा च्यापेर लागूऔषध ल्याउँदै गर्दा एक जना पक्राउ

सुनसरीबाट मलद्वारमा च्यापेर लागूऔषध ल्याउँदै गर्दा एक जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का २३ को शिशिर भट्टराई छन् । आज दिउँसो इनरुवा नगरपालिका-४ बसचोकबाट ८ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । मलद्वारमा च्यापेर लागूऔषध ल्याउँदै गरेका उनलाई प्रहरीले पैदल हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो । विशेष...
खानेपानी मन्त्रीलाई हर्क साम्पाङको पत्र– खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला !

खानेपानी मन्त्रीलाई हर्क साम्पाङको पत्र– खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला !

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवलाई पत्र लेख्दै असन्तुष्टि पोखेका छन् । ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्‍तकोसीको पानी धरान ल्याउन धेरै पटक मन्त्रालय धाएको स्मरण गर्दै उनले मन्त्रीलाई पत्र लेखेका छन् । ‘आर्थिक वर्ष २०८२/८३ मा चार करोड नेपाल सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो’, उनले पत्रमा भनेका छन्,...
इटहरीमा हायस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकले हायस लिएर हिँडेपछि…

इटहरीमा हायस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकले हायस लिएर हिँडेपछि…

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-५ राजश्व ढाट नजिकैबाट हायस गाडी लिएर हिँड्ने पक्राउ परेका छन् । मंगलबार साँझ ६ बजे पूर्वतर्फ आउँदै गरेको बा ३ ख ७९७८ नम्बरको हायस र विपरीत दिशातर्फ जाँदै गरेको प्र १-०२-०५१ प ८२८० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । उक्त दुर्घटनामा मोटरसाइकल चालक लडेपछि हायस चालक सिन्धुली दुधौली नगरपालिका-१० का ३३ वर्षीय शेरबहादुर गुरुङ उठाउन गएका थिए । तर मोटरसाइकल चालक अ...
सुनसरीबाट २४ वर्षबढी कैद सजाय तोकिएका पप्पु पक्राउ 

सुनसरीबाट २४ वर्षबढी कैद सजाय तोकिएका पप्पु पक्राउ 

विराटनगर । सुनसरीबाट ज्यान सम्बन्धी कसुरमा २४ वर्षबढी कैद सजाय तोकिएका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-७ का २५ वर्षीय पप्पु सिंह भनिने पप्पु यादव छन् । उनलाई मंगलबार इनरुवा नगरपालिका-३ बाट हिँड्दै गरेको अवस्थामा पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । जिल्ला अदालत सुनसरीले २०८१ भदौ २५ गते गरेको फैसला अनुसार उनलाई २४ वर्ष ८ म...
सुनसरीको देवानगञ्जमा सर्पले टोकेर महिलाको मृत्यु

सुनसरीको देवानगञ्जमा सर्पले टोकेर महिलाको मृत्यु

विराटनगर । सुनसरीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । देवानगन्ज गाउँपालिका-१ मध्याहर्षाहीकी ५५ वर्षीय कल्सी मेहताको मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार साँझ ६ः३० बजेतिर घाँस काट्न जाने क्रममा उनलाई सर्पले डसेको थियो । सर्पले टोकेर घाइते भएकी उनलाई घरमा लगेर राखिएकोमा अवस्था गम्भीर भएको थियो । उनलाई सर्पले टोकेको भनेर ८ः२० बजे प्रहरीले खबर पाएको थियो । उपचारका लागि लैजाने क्रममा...
सुनसरीमा स्कुल बसले किचेर नाबालकको मृत्यु

सुनसरीमा स्कुल बसले किचेर नाबालकको मृत्यु

विराटनगर । सुनसरीमा स्कुल बसले किचेर नाबालकको मृत्यु भएको छ । गढी गाउँपालिका-६ स्थित भित्री पक्की सडक खण्डमा मंगलबार अपरान्ह आफैँ चढेको बसले नाबालकलाई किचेको हो । बसले किचेर गढी-६ का श्रवण उराउको ३ वर्षीय छोरा आयुष उराउको मृत्यु भएको प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको गढी-३ छिटाहास्थित लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको ग १ ख २०१२ नम्बरको बसले नाबालकलाई किचेको हो । प्रहरीका अन...
सुनसरीबाट गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । सोमबार राति ११ः४० बजे देवानगन्ज गाउँपालिका-३ यादव टोलबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा १८ वर्षीय राजकुमार यादव र १८ वर्षीय राजु यादव छन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार राजकुमारको घरमा गाँजाको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ किलो २८० ग्राम गाँजा बरामद गरेको छ । उनक...
धरानबाट गाँजासहित एक जना पक्राउ

धरानबाट गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का ५४ वर्षीय तेजबहादुर राई छन् । आज दिउँसो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा ३ ख १८९७ नम्बरको बसबाट ५५ किलो गाँजा बरामद गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार दुई वटा बोरामा केरा र तितेप...
error: Content is protected !!