
सुनसरी । सुनसरीबाट २८ हजार नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा नगरपालिका-१० का २५ वर्षीय बहिस मियाँ छन् ।
बुधबार राति हरिनगरा गाउँपालिका-१ स्थित एक किराना पसलमा सामान खरिद गर्दा उनले नक्कली नोट दिएको सूचना प्रहरीलाई पुगेको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले एक हजार दरका २८ वटा नोटसहित उनलाई पक्राउ गरेको हो ।
चेकचाँज गर्दा उनको साथबाट उक्त नक्कली रकम फेला परेको सुनसरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

संगालोखबर 














