संगालोखबर


सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२ चिनियाँ चोकबाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धनकुटाको चौबिसे गाउँपालिका-७ की ३३ वर्षीया मनमाया लिम्बुलाई पक्राउ गरेको हो ।

बुधबार दिउँसो चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देखेपछि प्र १-०२-०४६ प ८९९१ नम्बरको मोटरसाइकल चालक मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइकल पछाडि सवार लिम्बुले बोकेको झोला चेकजाँच गर्दा ९ किलो ३ सय ग्राम गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए ।

मोटरसाइकल र गाँजासहित लिम्बुलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर अनुसन्धान अघि बढाइएको छ । मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!