
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-११ स्थित पुण्य मार्गमा धारिलो हतियार खुकुरी प्रहार गरेर एक जनाको हत्या भएको छ । मंगलबार साँझ ६ः३० बजेतिर स्थानीय ३५ वर्षीय रूपक राईको हत्या भएको हो ।
इलाका प्रहरी कार्यालय धरानमा डीएसपी भीषण राईका अनुसार खुकुरी प्रहारबाट रूपकको ज्यान गएको उनले बताए हो । ३३ वर्षीय रविन राईले खुकुरी प्रहार गर्दा रूपकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । उनीहरूबीच के विषयमा विवाद भएको थियो भन्ने खुल्न बाँकी रहेको डीएसपी राईले जानकारी दिए । प्रहरीले रविनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













