
विराटनगर । सुनसरीको धरानमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार धनुषा जिल्ला जनकपुर नगरपालिका-१ का १८ महिनाका रिसबकुमार मण्डल र महोत्तरी गैंडावेदपुरा-८ का ३१ वर्षीय धौरियकुमार यादवको मृत्यु भएको हो ।
यस्तै झापाको मेचीनगर-५ का १९ वर्षीय नैन थापामगर, सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का २० वर्षीय उमेश राई र धरान उपमहानगरपालिका-१३ की २४ वर्षीया सुवेक्षा सुब्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाको जनकपुरबाट आएको टाइम इन्टरनेसनल एकेडेमीको को १ ख ७१११ नम्बरको बस भेडेटार पुगेर फर्कने क्रममा धरान उपमहानगरपालिका-१३ स्थित जिरोप्वाइन्टमा दुर्घटना भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
घाइते हुनेमा धरान-१३ की ४३ वर्षीया यशोदा श्रेष्ठ, जनकपुर-१ की ४० वर्षीया सतुनादेवी मण्डल, जनकपुर-१ का १८ वर्षीय रोहन मण्डल, जनकपुर-१ की २५ वर्षीया रिता मण्डल र जनकपुर-४ की ३० वर्षीया पुनिता मण्डल छन् ।
यस्तै महोत्तरी-४ का २५ वर्षीय मोहम्मद गुलाम, जनकपुर-५ की २२ वर्षीया लक्ष्मी मण्डल, जनकपुर-५ का १८ वर्षीय राजा बाबु, जनकपुर-५ का २४ वर्षीया रोहित मण्डल र जनकपुर-५ की ४० वर्षीया मनितादेवी मण्डल छन् ।
यसैगरी जनकपुर-४ का ३१ वर्षीय जितेन्द्र मण्डल र जनकपुर-५ का २० वर्षीय कृष्ण मण्डल पनि दुर्घटनामा घाइते भएका छन् । घाइतेहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए ।

संगालोखबर 













