
सुनसरी । सुनसरीमा खुकुरी देखाएर आतङ्क मच्चाउने युवक लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-१९ मौलियाका १८ वर्षीय अविनाश चौधरी छन् ।
सोही स्थानमा खुकुरी देखाएर गाउँमा आतङ्क फैलाएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । चेकजाँचका क्रममा उनको साथबाट एक थान खुकुरी र चार सय ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए ।
उनलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













