संगालोखबर


धरान । कोशी प्रदेश गल्फ संघको आयोजना तथा चिभास रिगलको साझेदारीमा सम्पन्न चिभास इस्टर्न गल्फ टुर्नामेन्टको ग्रस तर्फको उपाधि जितेन्द्र राईले जितेका छन् । धरान स्थित गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा ग्रसतर्फको उपाधि राईले जितेका हुन् ।

पदम हाङ्ग लिम्बु ग्रसतर्फको उपविजेता बने । नेटतर्फ सोम गुरुङ प्रथम, भुवन घिमिरे द्वितीय र  प्रतापजङ्ग थापा तृतीय भए । महिलातर्फ ग्रसमा सम्झना खत्री र नेटतर्फ जान्वी गुरूङ्गले उपाधि जित्दा बिना सापकोटा द्वितीय भइन् ।

सिनियर स्पर्धामा गणेश जिमीले उपाधि हात पार्दा तुलसीराम लिम्बू द्वितीय भए । ह्याण्डीक्याप अन्तरगत १ देखि ८ होलतर्फको स्पर्धामा सिद्धान्त सापकोटा प्रथम, अशोक सिंह द्वितीय र श्याम लिम्बु तृतीय भए ।

ह्याण्डीक्याप अन्तर्गतै होल ९ देखि १६ तर्फ कृष्ण पुन प्रथम, हिरण प्रधान द्वितीय र श्याम तामाङ तृतीय भए । प्रतियोगितामा लङ्गेष्ट ड्राइभ प्रदिप सारडा, नियरेस्ट टु द पिन दिपेन्द्र राई, स्ट्रेट टु द लाइनमा दीपक मगर, मष्ट बर्डिज राम तामाङले जितेका छन् ।

प्रतियोगितामा कोशी प्रदेशसहित काठमाडौं, पोखरा, युके, सिंगापुर र युएईबाट १३० बढी एमेच्योर खेलाडीहरूले सहभागिता जनाएका कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!