विराटनगर । रात्रिकालीन विराट गोल्डकपमा आज पाहुना टोली शुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुने छ ।
सहिद रङ्गशालामा साँझ ६ः३० बजेबाट खेल सुरु हुने छ । सोमबार राति सम्पन्न पहिलो खेलमा आयोजक रिजाल मोरङको एफसीले विजयी सुरुवात गरेका छ ।
पाहुना टोली भारतको साउर्थन समिति कोलकातालाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरङले विजयी सुरुवात गरेको हो । यो सँगै मोरङ क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।