विराटनगर । विराट गाेल्डकपकाे दाेस्राे क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबसँग सशस्त्र प्रहरी बल एपीएफ स्तब्ध बनेकाे छ ।
आज राति विराटनगरकाे सहिद रंगशालामा भएकाे दाेस्राे क्वाटरफाइनल खेलमा पुलिससँग सशस्त्र २-० गाेल अन्तरले स्तब्ध भएकाे हाे । एपीएफ पाहुना टाेली सुभेदा फुटबल क्लब दिल्लीलाई ५-३ गाेल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकाे थियाे ।
पुलिसका लागि अरूण गाहाले ६६ औं र मनिष सेढाईले ८७ औं मिनेटमा एक/एक गाेल गरे । दुबै विभागीय टाेली विराट गाेल्डकपका पूर्व विजेता हुन् ।
खेलकाे म्यान अफ द म्याच पनि पुलिसका सेढाई घाेषित भए । भाेलिकाे खेल मच्छिन्द्र फुटबल क्लब र थ्री स्टारबीच हुने आयाेजकले जनाएकाे छ ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।