संगालोखबर


विराटनगर । विराटनगरबाट भन्सार छलीको सामानसहित प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ । सोमबार साँझ विराटनगर-१८ आइसिपी रोडबाट यूपी ८७९१८१ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

ट्रकमा भन्सार पास गरेको भन्दा बढी मूल्यको सामान रहेको सूचना प्रहरीले पाएको थियो । मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

Advertisement

ट्रकसहित ४५ लाख मूल्य बराबरको इलेक्ट्रिक, कस्मेटिक, मेडिकललगायतका सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको डीएसपी जोशीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!