सांकेतिक तस्वीर

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ मौलाबारी स्थित बक्राहा खोलाको किनारमा युवा-युवती झुण्डिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका अनुसार आज बिहान उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

विवाहित रहेका उनीहरू एउटै रूखको हाँगामा झुण्डिएका छन् । पथरीशनिश्चरे-५ का २४ वर्षीय अजय टुडू र मोरङको कटहरी गाउँपालिका-६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा झुण्डिएको अवस्थामा मृत फेला परेका पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।

Advertisement

स्थानीयले उनीहरू झुण्डिएको अवस्थामा देखेपछि बिहान करिब १०ः३० बजेतिर प्रहरीलाई खबर गरेका थिए । जानकारी पाउनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!