
विराटनगर । कोशी सञ्चार विधेयक संशोधनको माग गर्दै पत्रकारहरूले प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको नेतृत्वमा विधेयकमा समावेश गरिएको पत्रकारमाथि कारवाही गर्ने प्रावधान संशोधनको माग गर्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा प्रहरीले पत्रकारहरूमाथि धरपकड गरेको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीसँग भएको छलफलमा महासङ्घका अध्यक्ष भरत खड्काले प्रेसलाई सङ्कुचित गर्ने गरी ल्याइएको कानुन अस्वीकार्य हुने बताउँदै आन्दोलनको चेतावनी दिएका थिए ।
जरिवाना र दण्डको प्रावधान नहटाएसम्म चरणबद्ध आन्दोलन गर्ने प्रेस युनियन कोशीका अध्यक्ष मीनकुमार श्रेष्ठले बताए ।



संगालोखबर 













