संगालोखबर


विराटनगर । जेनजी पुस्ताको आन्दोलन थप चर्किएसँगै विराटनगरमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बिहान ११ बजेदेखि बेलुकी १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

आदेश अनुसार तोकिएका क्षेत्रभित्र सभा, जुलुस, धर्ना, प्रदर्शन वा भिडभाड गर्न पूर्ण निषेध गरिएको छ । प्रदेशसभा भवन क्षेत्र पूर्वमा नेपाल राष्ट्र बैंकदेखि पश्चिममा कोशी अस्पताल चोक, मुख्यमन्त्री कार्यालयको उत्तरमा रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोक अर्थात कोभिड अस्पताल, मुख्यमन्त्री निवास क्षेत्र उत्तरमा रोडशेषदेखि दक्षिणमा सिँचाइ मन्त्रालयतर्फ जाने बाटोसम्म कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय उत्तरमा शनिहाटदेखि दक्षिणमा टेलिकम मोड र पश्चिममा गोल्छा आँखा अस्पताल, विराटनगर महानगरपालिका क्षेत्र पूर्वमा शनिहाट चोकदेखि उत्तरमा विराटेश्वर मन्दिर, दक्षिणमा गोल्छा चोक, प्रदेश प्रमुखको कार्यालय क्षेत्र पूर्वमा नहर क्षेत्रदेखि पश्चिममा कोशी राजमार्गसम्म कर्फ्यु लगाइएको छ । 

त्यस्तै, प्रदेश प्रमुख निवास क्षेत्र उत्तरमा मदननगरदेखि दक्षिणमा मानगढ खानेपानी र पश्चिममा नहर वरपरको ३ सय मिटरभित्र तथा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) वरिपरि ३ सय मिटर क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!