महावीर पुन विराटनगरमा सम्मानित
विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुन विराटनगरमा सम्मानित भएका छन् । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले आफ्नो आत्मकथामा आधारित पुस्तक बिक्री गर्न आएका पुनलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको हो ।
पुनलाई निमन्त्रणा गरेर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले माला, खादा, अबिर र...





























