
विराटनगर । मोरङबाट लागूऔषध ब्राउन सुगरसहित सशस्त्र प्रहरीका हबल्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका सशस्त्र प्रहरीका हवल्दार ३६ वर्षीय मनिष गिरी छन् ।
प्रहरीका अनुसार रतुवामाई नगरपालिका-१ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा कार्यरत उनलाई सशस्त्रले नै पक्राउ गरेको हो । सशस्त्र प्रहरीले गएराति नियन्त्रणमा लिएर अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
उनले प्लाष्टिकमा लुकाएर राखेको अवस्थामा ओछ्यानको सिरानीमुनि ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आज अदालतबाट म्याद थप गरिएको छ ।
उनीमाथि थप अनुसन्धान अघि बढाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।

संगालोखबर 













