संगालोखबर


विराटनगर । देशभरसँगै विराटनगरमा पनि जेनजी पुस्ताले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सामाजिक सञ्जाल बन्द, बेथिति र भ्रष्टाचारविरुद्ध जेनजीले प्रदर्शन गरेका हुन् ।

विराटनगरको आन्दोलनमा आएका जेनजी पुस्ताका श्रीजल कार्कीले भ्रष्टाचारको अन्त्य हुनुपर्ने तथा युवाहरूको आवाज दबाउन नहुने लगायतलाई मध्यनजर गर्दै प्रदर्शन गरिएको बताए । उनले युवापुस्ताको कुरा सरकारले सुन्नुपर्ने उल्लेख गरे ।

Advertisement

सरकारले रोजगारी सिर्जना गर्न नसक्दा विदेश पलायन हुनुपर्ने अवस्था आएको आन्दोलनमा आएका जेनजी पुस्ताका शिशिर अधिकारीले बताए । उनले सरकारकै कारण युवाहरू देश छोड्न बाध्य भएको उल्लेख गरे । सरकारले केही गर्न नसक्दा त्यसका विरुद्धमा आन्दोलनमा प्रदर्शन गर्नुपरेको उनको भनाइ छ ।

रोडशेष चोक, ट्राफिक चोक, जिल्ला प्रशासन कार्यालय, महानगरपालिकाको कार्यालय तथा प्रदेश सभा अगाडि लगायतका स्थानमा उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर प्रदेश सभा अघि पुगेका थिए ।

प्रदर्शनमा उत्रिएका उनीहरूले विराटनगर महानगरपालिकाको गेटमा रहेको राष्ट्रिय झण्डा पनि फेरिदिएका छन् । पुरानो र च्यात्तिएको झण्डा गेटमाथि देखेपछि जेनजीले नयाँ झण्डा लगाएका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!