संगालोखबर


विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनको दोस्रो दिन स्कुल बसहरू सडकमा उतारेको छ । काठमाडौंसहित देशभर एकसाथ भइरहेको आन्दोलनमा विराटनगरमा पनि स्कुल बस नगर परिक्रमा गरिएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसँगै प्याब्सनले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । बिहीबार निजी विद्यालयका संचालकहरू भेला भएर काठमाडौंमा र्‍याली आयोजना गरेका थिए ।

उनीहरूले ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना,  खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने,  कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने लगायतका माग अघि सारेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!