
विराटनगर । आज देशका विभिन्न स्थानसँगै विराटनगरमा पनि जेनजीले प्रदर्शन गर्ने भएका छन् । भ्रष्ट्राचार, सामाजिक सञ्जाल बन्द, अभिव्यक्ति स्वतन्त्रताको हननविरुद्ध जेनजीले प्रदर्शन गर्न लागेका हुन् ।
विराटनगरमा बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन हुनेछ । यस्तै दिउँसो महेन्द्र चोकमा प्रदर्शन गर्ने जेनजीको तयारी छ ।
प्रदर्शनका लागि युवाले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गरेका छन् । इटहरी, धरान, इनरुवा, दमक, बिर्तामोडलगायतका सहरमा पनि जेनजीले प्रदर्शन गर्ने छन् ।
प्रदर्शनमा कापी-किताब, स्कुल वा कलेजको पोसाकमा उपस्थित हुन अपिल गरिएको छ । प्रदर्शन हुने भएपछि विराटनगरमा सुरक्षा सतर्कता बढाइएको छ ।

संगालोखबर 













