संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-४ दुधफारममा प्रहरीले चेकजाँचका लागि रोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका-६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो ।

बुधबार राति करिब साढे ८ बजे कोशी राजमार्गको दुधफारम चोकमा नेमुवातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले रोकेर चेक जाँच गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएको थियो ।

Advertisement

प्रहरीका अनुसार तीब्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए । उनको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका-१ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!