
विराटनगर । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन आज विराटनगरमा टायर बालेर प्रदर्शन भइरहेको छ । आज प्रदेश सभा नजिकै देवकोटा चोक र बसपार्कमा आन्दोलनरत पक्षले टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनलाई मध्यनजर गर्दै विराटनगरमा कर्फ्यु आदेश समेत जारी गरिएको छ । प्रदेशसभा सचिवालयसँगै विराटनगरमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

संगालोखबर 













