
विराटनगर । जेनजी पुस्ताले विराटनगरमा यातायात बन्दको आह्वान गरेका छन् । सोमबार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको भन्दै जेनजी पुस्ताले यातायात बन्दको आह्वान गरेका हुन् ।
उनीहरूले आज बिहान ११ बजेबाट विराटनगरमा यातायात बन्दको आह्वान गरेका छन् । आन्दोलनरत पक्षले ११ बजेसम्मका आफ्नो काम सक्न भनेको छ ।
सुनसरीको इटहरीमा सोमबारदेखि नै कर्फ्यु जारी छ । इटहरीमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।

संगालोखबर 













