धनकुटामा पालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुने

धनकुटामा पालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुने

धनकुटा । धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ प्रतिष्ठानको आयोजनामा पाँचौँ संस्करणको पालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ । आज प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै जेठ १४ गतेदेखि १७ गतेसम्म सहिद श्रेष्ठको स्मृतिमा प्रतियोगिता हुने जानकारी दिएको हो । धनकुटा नगरपालिका-५ तल्लो टुँडिखेलमा हुने प्रतियोगितामा धनकुटाका तीन नगरपालिका र चार गाउँपालिकासहित सात टिमको सहभागिता रहने प्रतिष्ठानका अध्यक्...
झापाको बिर्तामोड युनाइटेडले जित्यो रारा गोल्डकपको उपाधि

झापाको बिर्तामोड युनाइटेडले जित्यो रारा गोल्डकपको उपाधि

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा भएको १२ औं संस्करणको रारा रनिङ गोल्डकपको उपाधि झापाको बिर्तामोड युनाइटेड क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा मोरङको एलएक्स सिटीलाई २-१ गोलअन्तरले हराउँदै बिर्तामोडले उपाधि जितेको हो । बिर्तामोडको जितमा आशिष चापागाईंले पहिलो हाफको ४१ औं मिनेट र दोस्रो हाफको ३० औं मिनेटमा एकएक गोल गरेका थिए । खेलको अन्तिम समयमा मोरङको एलएक्स सिटीका अनोज गैरेले एक गोल फर...
निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशको नमूना विद्यालय बनाइने 

निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशको नमूना विद्यालय बनाइने 

विराटनगर । निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशको नमूना विद्यालयका रूपमा विकास गरिने भएको छ । आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नमूना विद्यालयका रूपमा विकास गरिने बताएका हुन् । प्राविधिक शिक्षालयको विकास र विस्तारका लागि नीतिगत एवं संस्थागत व्यवस्था मिलाई क्षमता अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सूचना प्रविधिक...
माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा धनकुटा बोर्डिङ प्रथम

माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा धनकुटा बोर्डिङ प्रथम

धनकुटा । अन्तर माध्यमिक विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगितामा धनकुटा इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुल प्रथम भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले चौथो औद्योगिक प्रर्दशनी तथा धनकुटा पर्यटन महोत्सवको अवसरमा शनिबार आयोजना गरेको नृत्य प्रतियोगितामा धनकुटा बोर्डिङ प्रथम भएको हो । धनकुटा बोर्डिङले याख्खा जातिको सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो । यस्तै तमोर भ्याली इङ्ग्लिस सेकेन...
धनकुटामा मनाइयो मदन आश्रित स्मृति दिवस 

धनकुटामा मनाइयो मदन आश्रित स्मृति दिवस 

धनकुटा । धनकुटामा पनि ३२ औं मदन आश्रित स्मृति दिवस मनाइएको छ । आज नेकपा एमाले धनकुटाले स्व. मदन भण्डारीको सालिकमा माल्यार्पण गर्दै मदन आश्रित दिवस मनाएको हो । धनकुटा नगरपालिका-७ स्थित मदन चोकमा रहेको स्व. मदन भण्डारीको सालिकमा माल्यार्पण कार्यक्रम गरिएको हो । नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार राई, धनकुटा अध्यक्ष शिव आङ्ला, प्रदेश सांसद इन्द्रमणि पराजुली, निरन राई,...
उच्च अदालत धनकुटा इजलास मुद्दा फर्छ्यौटमा अगाडि

उच्च अदालत धनकुटा इजलास मुद्दा फर्छ्यौटमा अगाडि

धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलास र मातहत रहेका तेह्रथुम, भोजपुर र संखुवासभा जिल्ला अदालतहरूमा ६२.९९ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ । शुक्रबार धनकुटा इजलासले पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा चालु आर्थिक वर्षको बैशाखसम्म उक्त मुद्दा फर्छ्यौट भएको जनाएको हो । ३७.१ प्रतिशत मुद्दा फर्छ्यौट हुन बाँकी छन् । दर्ता भएका दुई हजार तीन सय ७० मुद्दामध्ये एक हजार चार सय ९१ फर्छ्यौट भएका र  एक हजा...
धनकुटाका कुन पालिकाको बेरुजु कति ?

धनकुटाका कुन पालिकाको बेरुजु कति ?

धनकुटा । धनकुटाका सात वटा स्थानीय तहमध्ये छथर जोरपाटी गाउँपालिकाको बेरुजु सबैभन्दा बढी देखिएको छ । महालेखापरीक्षकको ६२ औं प्रतिवेदन अनुसार ९५ करोड ७४ लाख ८ हजार लेखापरीक्षण हुँदा छथर जोरपाटीको २ करोड ८९ लाख ४८ हजार अर्थात ३.०२ प्रतिशत बेरुजु देखिएको हो । पाख्रीबास नगरपालिकाले १ अर्ब १५ करोड ८९ लाख १५ हजार रकम लेखापरीक्षण गराउँदा २ करोड ८६ लाख १७ हजार अर्थात २.४७ प्रतिशत बेरुजु देखिएको प्रतिवेदन...
धनकुटाबाट ४३ किलो गाँजासहित चार जना पक्राउ

धनकुटाबाट ४३ किलो गाँजासहित चार जना पक्राउ

धनकुटा । धनकुटाबाट ४३ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । विभिन्न स्थानमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । बिहीबार साँझ साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकमा चेकिङमा खटिएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको छ । संखुवासभाबाट दमक जाँदैगरेको प्रदेश १-०२-००१ ज ४६५९ नम्बरको इभी गाडीमा सवार सहिदभूमि गाउँपालिका-२ का ...
धनकुटामा विद्युतको तार खसेर करेन्ट लाग्दा एक जनाको मृत्यु

धनकुटामा विद्युतको तार खसेर करेन्ट लाग्दा एक जनाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–८ शिववेशीमा आज दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६८ वर्षीय मंगलसिंह राई छन् । दिउँसो करिब ३ बजे खेतमा धान गोडिरहेका बेला विद्युत लाइनको तार खसेको थियो । सोही तारबाट प्रवाह भएको करेन्ट लाग्दा राईको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
हाम्रो बोलीवचन तथा व्यवहार राम्रो हुनुपर्छ : प्रहरी महानिरीक्षक थापा

हाम्रो बोलीवचन तथा व्यवहार राम्रो हुनुपर्छ : प्रहरी महानिरीक्षक थापा

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भवन उद्‌घाटन गरिएको छ । धनकुटा नगरपालिका-५ बिच बजारमा निर्मित भवनको आज प्रहरी महानिरीक्षक दीपक थापाले उद्‌घाटन गरेका हुन् । उद्‌घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक थापाले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले राम्रो बोलीवचन तथा व्यवहारका साथ नागरिकलाई सरल, सहज सेवा र कानुनले दिए अनुसारको काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए...
भाइलाई खबर गरिदिनु लेखेर धनकुटाका धुव्र थापाले सप्तकोसीमा हाम फाले

भाइलाई खबर गरिदिनु लेखेर धनकुटाका धुव्र थापाले सप्तकोसीमा हाम फाले

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरास्थित सप्तकोसी नदीको पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन् । सुनसरी प्रहरीका अनुसार नदीमा हाम फाल्ने व्यक्ति धनकुटा नगरपालिका-२ का ५३ वर्षीय धुव्र थापा हुन् । उनले आज दिउँसो करिब २ः४५ बजे नदीमा हाम फालेको प्रहरीको भनाइ छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार को ३४ प ३९२८ नम्बरको मोटरसाइकल पुलमा रोकेर उनले नदीमा हाम फालेका थिए...
धनकुटाको मूलघाट-छिम्सुवा सडक सुचारु

धनकुटाको मूलघाट-छिम्सुवा सडक सुचारु

धनकुटा । धनकुटा नगरपालिका-९ स्थित मूलघाट-छिम्सुवा सडक खण्ड सञ्चालनमा आएको छ । अत्यधिक वर्षासँगै पहिरो जाँदा आइतबार रातिदेखि अवरुद्ध भएको उक्त सडक खण्ड आज मध्यान्हदेखि सञ्चालनमा आएको हो । सोमबार बिहानैदेखि एस्काभेटरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी पहिरो पन्छाउन खटिएका थिए । सोमबार घाम लागेका कारण पहिरो हटाउन सजिलो भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । भोजपुर र उदय...
धनकुटाबाट सुनचाँदीका गहना र नगदसहित दुई जना पक्राउ

धनकुटाबाट सुनचाँदीका गहना र नगदसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउापालिका-६ भेडेटारबाट चाँदीका गहना र नगदसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका-८ जाँतेका ३० वर्षीय मनोज विश्वकर्मा र १९ वर्षीय धिरज विश्वकर्मा पक्राउ परेका हुन् । आइतबार राति धरानतर्फ जाँदै गरेको प्र १-०२-०५४ प २१६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागेर चेकजाँच गर्दा गहना र नगद फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्र...
धनकुटाको कुसेटारमा टाटा सुमो दुर्घटना, आठ जना घाइते 

धनकुटाको कुसेटारमा टाटा सुमो दुर्घटना, आठ जना घाइते 

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कुसेटारमा टाटा सुमो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । आइतबार राति अन्दाजी १० बजे ताप्लेजुङबाट धनकुटातर्फ आउँदै गरेको मे १ ज २६५५ नम्बरको सुमो अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार सुमो सडकबाट अन्दाजी १० फिट तल खसेको छ । घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...
धनकुटाको मूलघाट-छिम्सुवा सडक अवरुद्ध

धनकुटाको मूलघाट-छिम्सुवा सडक अवरुद्ध

धनकुटा । धनकुटा-९ स्थित मूलघाट-छिम्सुवा सडक खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण आइतबार साँझदेखि अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको वडा नम्बर ९ का वडाध्यक्ष टंकप्रसाद रोइलाले जानकारी दिए । आज बिहानैदेखि एक्साभेटरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी सडक खुलाउन खटिएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । सडक अवरुद्ध भएसँगै भोजपुर र उदयपुर जिल्ला जोड्ने त्रिवेणीसम्म स...
धनकुटाका तीन सामुदायिक वन उपभोक्ता समूह सम्मानित

धनकुटाका तीन सामुदायिक वन उपभोक्ता समूह सम्मानित

धनकुटा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल धनकुटाले विभिन्न समयमा विषेश योगदान पुर्याएको भन्दै तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको छ । आइतबार जिल्ला महासंघ धनकुटाको चौथो जिल्ला परिषद्को अवसरमा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको हो । धनकुटा नगरपालिका-१ मा रहेको सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूह, धनकुटा नगरपालिका-९ स्थित बेलहरामा रहेको जलकन्या सामुदायिक वन उपभोक्ता समू...
धनकुटाको लाबरबोटेमा इभी र बस ठोक्किएर दुर्घटना, पाँच जना घाइते

धनकुटाको लाबरबोटेमा इभी र बस ठोक्किएर दुर्घटना, पाँच जना घाइते

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेमा इभी गाडी र बस ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । आज बिहान ११ः१७ बजेको समयमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ४२७६ नम्बरको इभी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००२ ख ०३७३ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ...
धनकुटाबाट १० किलो गाँजासहित एक जना पक्राउ

धनकुटाबाट १० किलो गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारबाट गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सहिदभूमि गाउँपालिका–५ खोकुका ३१ वर्षीय उद्धव राई १० किलो गाँजासहित पक्राउ परेका हुन् । आज बिहान करिब ७ः४० बजे धनकुटाको हिलेबाट इटहरी जाँदै गरेको प्र १-०२-००१ ज ४३२६ नम्बरको माइक्रो बसबाट राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । माइक्रोमा शङ्का लागेर चेकजाँच गर्दा गाँजा भेटिएको जिल्ला ...
धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । बुधबार अपराह्न ४ बजे छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा छथर जोरपाटी गाउँपालिका-६ का २४ वर्षीय दर्पण गुरुङ र ३१ वर्षीय सुदिल लिम्बु छन् । उनीहरू शङ्कास्पद तरिकाले हिँडेको देखेपछि प्रहरीले चेकजाँच गरेको थियो । उनीहरूको शरीर खानतलासी गर्दा दर्पणको साथबाट १५० मिलिग्राम र सुदिलको साथबाट ६० म...
कोसी उच्च बाँध निर्माण योजना खारेज गर्न माग

कोसी उच्च बाँध निर्माण योजना खारेज गर्न माग

धनकुटा । कोसी उच्च बाँध निर्माण योजना खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सप्तकोसी उच्च बाँधविरुद्ध सङ्घर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । सङ्घर्ष समितिका अध्यक्ष असिम राई लगायतको टिमले सहिदभूमि गाउँपालिका र धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई ज्ञापनपत्र बुझाए । नेपाल र भारत सरकारबीच सहमत...
धनकुटा बस दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो

धनकुटा बस दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो

धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा भएको बस दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । भोजपुर षडानन्द नगरपालिका-१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । यसअघि दुर्घटनामा घाइते भ...
धनकुटा बस दुर्घटना अपडेट: मृतकको संख्या दुई पुग्यो, १२ जनाको उपचार हुँदै

धनकुटा बस दुर्घटना अपडेट: मृतकको संख्या दुई पुग्यो, १२ जनाको उपचार हुँदै

धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा भएको बस दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ । दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान–१३ का ५१ वर्षीय रुद्र तामाङको पनि मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज साँझ करिब ७ः३५ बजे चालक तामाङको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को ...
दलित समुदायलाई बाँसका सामाग्री बनाउने तालिम

दलित समुदायलाई बाँसका सामाग्री बनाउने तालिम

धनकुटा । धनकुटामा दलित समुदायलाई बाँसका सामग्री बनाउने तालिम दिइएको छ । पाख्रीबास नगरपालिका-७ स्थित मुगामा एक महिने तालिम दिइएको हो । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजना तथा वडा कार्यालयको समन्वयमा भएको तालिममा १७ जना सहभागि थिए । तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । उनले युवाहरूल...
धनकुटा अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु 

धनकुटा अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु 

धनकुटा । जिल्ला अस्पताल धनकुटामा हेमोडायलाइसिस सेवा सुरु भएको छ । आइतबार कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले हेमोडायलाइसिस सेवाको शुभारम्भ गरेका हुन् । उद्‌घाटन कार्यक्रममा बोल्दै मन्त्री राईले सबै पक्षबीच समन्वय गरेर सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए । जिल्ला अस्पताललाई ५० वा १०० शय्यामा विस्तार गर्ने विषयमा सरकार सकारात्मक रहेको उनको भनाइ थियो । उनले धनकुटा अस्पतालमा राखिएको तर...
धनकुटामा बस पल्टिँदा एक जनाको मृत्यु, १३ घाइते

धनकुटामा बस पल्टिँदा एक जनाको मृत्यु, १३ घाइते

धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १०ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा...
धनकुटा बस दुर्घटना अपडेट : एक जनाको मृत्यु

धनकुटा बस दुर्घटना अपडेट : एक जनाको मृत्यु

धनकुटा । धनकुटामा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिका-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनको उपचारका क्रममा बिहान ११ः४५ बजे मृत्यु भएको हो । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस आज बिहा...
धनकुटामा बस दुर्घटना

धनकुटामा बस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा बस दुर्घटना भएको छ । धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको हो ।  दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।  बसमा कति जना यात्रु थिए भन्ने खुल्न बाँकी छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गर्...
धनकुटामा भलिबल उत्सव विवाद : टिम कोचसहित चार खेलाडीमाथि लगाइयो प्रतिवन्ध

धनकुटामा भलिबल उत्सव विवाद : टिम कोचसहित चार खेलाडीमाथि लगाइयो प्रतिवन्ध

धनकुटा । धनकुटाको टुँडिखेलमा आयोजना गरिएको भलिबल उत्सवमा अराजक गतिविधि गरेको आरोपमा जिल्ला भलिवल संघले टिम कोचसहित चार जना खेलाडीलाई कारवाही गरेको छ । जिल्ला भलिवल संघविरुद्ध नारावाजीसहित अराजक गतिविधि गरेको भन्दै महालक्ष्मी नगरपालिका–३ का प्रशिक्षकसहित चार जना खेलाडीलाई दुई वर्षका लागि खेलमा प्रतिवन्ध लगाइएको हो । कारबाही पर्नेमा टिम कोच सुजन पौडेलसहित सन्तोष निरौला, नरेशजंग थापा र सुजन तामाङ...
नेपाल लोकतन्त्रवादी किरात राई संघ धनकुटाको अध्यक्षमा नगेन्द्र लिङखावा चयन 

नेपाल लोकतन्त्रवादी किरात राई संघ धनकुटाको अध्यक्षमा नगेन्द्र लिङखावा चयन 

धनकुटा । नेपाल लोकतन्त्रवादी किरात राई संघ धनकुटाको अध्यक्षमा नगेन्द्र लिङखावा राई चयन भएका छन् । शनिबार भएको भेलाले नगेन्द्रको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा गजेन्द्र राई र शान्ति राई, सचिवमा पुत्रमान राई तथा सह-सचिवमा मणिराज राई चयन भएका छन् । यस्तै सदस्यहरूमा हर्क राई, लक्ष्मी राई, शान्तिमाया राई, हर्षराज राई, रोशन राई र मणिराज राई चयन भएका छन् । संघका केन्द्रीय...
तमोर नदी किनारमा महिलाको शव फेला

तमोर नदी किनारमा महिलाको शव फेला

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित तमोर नदी किनारमा महिलाको शव फेला परेको छ । शनिबार दिउँसो सडिसकेको अवस्थामा महिलाको शव फेला परेको हो । प्रहरीका अनुसार शव सुनसरीको धरान उपमहानगरपालिका-२ निकेतन मार्गकी ६५ वर्षीय मीना शाक्यको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले मृतकका छोराबाट शवको सनाखत भएको जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि धरा...
भलिवल उत्सव: पुरुषतर्फ चौबिसे र महिलातर्फ साँगुरीगढीले जित्यो उपाधि

भलिवल उत्सव: पुरुषतर्फ चौबिसे र महिलातर्फ साँगुरीगढीले जित्यो उपाधि

धनकुटा । धनकुटामा सञ्चालित भलिवल उत्सवको उपाधि पुरुषतर्फ चौविसे गाउँपालिका र महिलातर्फ साँगुरीगढी गाउँपालिकाले जितेको छ । टुँडिखेलमा शनिवार भएको फाइनल खेलमा पुरुषतर्फ पाख्रीवास नगरपालिकालाई पराजित गर्दै चौबिसे गाउँपालिकाले उपाधि जितेको हो भने महिलातर्फ सहिदभूमि गाउँपालिकालाई हराउँदै साँगुरीगढी गाउँपालिकाले उपाधि चुमेको हो । पुरुषतर्फ चौविसेले पाख्रीवासलाई २५–२०, २५–२०, २५–२१ र २५–२१ को सेटले पर...
error: Content is protected !!