धनकुटाका महिलालाई वित्तीय साक्षरता तालिम
धनकुटा । धनकुटाका महिलाहरूलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिइएको छ । मुक्तिनाथ विकास बैंक धनकुटा शाखाले महिलाहरूका लागि वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको हो ।
शनिबार र आइतबार भएको तालिममा ५० जनाभन्दा बढी महिला सहभागि थिए । बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैंकिङ प्रविधि र बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको बैंकका धनकुटा शाखा प्रमुख हरि दाहालले जानकारी दिए ।...































