माओवादी महालक्ष्मी नगर कमिटी अध्यक्षमा रखाल चयन
धनकुटा । नेकपा माओवादी केन्द्र महालक्ष्मी नगर कमिटी धनकुटाको अध्यक्षमा पदम रखाल चयन भएका छन् । शनिबार माओवादी केन्द्र नगर कमिटीको सम्मेलनले रखाललाई अध्यक्षतामा चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा टिकाराम श्रेष्ठ र सानु कार्की चयन भएका छन् । सचिवमा लोकबहादुर नेपाल, सह-सचिवमा लिला गुरुङ र कोषाध्यक्षमा दुर्गा भुजेल चयन भएका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र धनकुटा सचिव ओमप्रकाश निरौला, महालक...





























