धनकुटामा एमालेको जनप्रदर्शन
धनकुटा । धनकुटामा नेकपा एमालेले संविधान रक्षाका लागि भन्दै जनप्रदर्शन गरेको छ । लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको अवसर पारेर आज जिल्ला कमिटीले जनप्रदर्शन गरेको हो ।
‘संविधानको रक्षा गरौँ, प्रतिगमन हुनबाट जोगाऔं, लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ, प्राप्त उपलब्धिहरूको संरक्षण गरौँ’ लगायतका नारा लगाउँदै जनप्रर्दशन गरिएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिका गतिविधिले गण...































