धनकुटामा निर्वाचन लक्षित सेनाको गस्ती तीव्र
धनकुटा । प्रतिनिधि सभा निर्वाचन आउँन केहिदिन मात्रै बाँकी हुँदा धनकुटामा नेपाली सेनाले सुरक्षा गस्तीलाई तीव्र पारेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्न जिल्लाभरी सेनाले सुरक्षा गस्तीलाई तीव्र पारेको हो ।
भीमदल गण सल्लेरीका अनुसार धनकुटामा रहेका १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्रमा सेनाको सुरक्षा टोलीले गस्ती गरिरहेको छ । एकीकृत निर्वाचन सुरक्षा योज...































