धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । आइतबार राति १०ः३० बजे धनकुटा नगरपालिका-१ हिलेबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-१ का २८ वर्षीय दिपेश राई, सोही स्थानका ३३ वर्षीय राजेश तामाङ, २६ वर्षीय सुजन तामाङ र २१ वर्षीय सुमन तामाङ छन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार राजेशको कोठा खानतलासी गर्दा टेबुलमा राखेको रातो प्ल...
धान रोप्दै विद्यार्थीहरू (फोटो फिचर)

धान रोप्दै विद्यार्थीहरू (फोटो फिचर)

विराटनगर । आज असार १५, दही चिउरा खाने दिन सँगसँगै २२ औं राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । विभिन्न सङ्घसंस्थाहरूले सामूहिक रूपमा धान दिवस मनाउँदै आएकामा पछिल्लो समय विभिन्न विद्यालयहरूले पनि मनाउन थालेका छन् । विद्यालयहरूले व्यवहारिक ज्ञान वृद्धिसँगै असार १५ को महत्व र कृषि पेसाको बारेमा जानकारी गराउने उद्देश्यका साथ विद्यार्थीलाई रोपाइँमा सरिक गराएका छन् । मोरङको ग्राम...
धनकुटामा यसरी मनाइयो राष्ट्रिय धान दिवस (तस्बिरहरू)

धनकुटामा यसरी मनाइयो राष्ट्रिय धान दिवस (तस्बिरहरू)

धनकुटा । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस, धनकुटामा पनि सामूहिक रोपाइँसँगै दही चिउरा खाएर हर्षोल्लासका साथ मनाइएको छ । कृषि पर्यटन प्रर्वद्धनमा महिला अभियान धनकुटा र धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा २२ औं राष्ट्रिय धान दिवस मनाइएको हो । धनकुटा नगरपालिका-६ स्थित पात्लेखोलामा शुभकामना आदान-प्रदान गरिएको थियो । यस्तै निशान जागरुक महिला नौमती बाजा सांस्कृतिक सम...
धनकुटाको निजामती विद्यालयलाई प्रदेशकै उत्कृष्ट बनाउनुपर्नेमा जोड

धनकुटाको निजामती विद्यालयलाई प्रदेशकै उत्कृष्ट बनाउनुपर्नेमा जोड

धनकुटा । कोशी प्रदेशकै एकमात्र निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशकै उत्कृष्ट बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबार विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि मार्गचित्रसहितको प्रतिवेदन तयारी गर्ने सम्बन्धमा प्रारम्भिक प्रतिवेदन तथा छलफल कार्यक्रममा सरोकारवालाहरूले उत्कृष्ट बनाउनुपर्नेमा जोड दिएका हुन् । शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटाको संयोजन तथा त्रिभुवन विश्व...
धनकुटामा जलाइयो १० क्विन्टल गाँजा

धनकुटामा जलाइयो १० क्विन्टल गाँजा

धनकुटा । धनकुटामा १० क्विन्टल गाँजा जलाएर नष्ट गरिएको छ । आज धनकुटा नगरपालिका-९ तमोर नदी किनारमा एक हजार ६८ किलो गाँजा जलाएर नष्ट गरिएको हो । विभिन्न समयमा फरक-फकर स्थानबाट बरामद भएको उक्त गाँजा जलाएर नष्ट गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार उक्त गाँजा जिल्ला प्रहरी कार्यालयसँगै मातहतका प्रहरी कार्यालयबाट विभिन्न समयमा बरामद भएको थियो ।
खुलेको मौसममा यस्तो देखियो धनकुटाको तल्लो र माथ्लो कोप्चे (फोटोफिचर)

खुलेको मौसममा यस्तो देखियो धनकुटाको तल्लो र माथ्लो कोप्चे (फोटोफिचर)

धनकुटा । धनकुटा नगरपालिका-५ स्थित तल्लो र माथिल्लो कोप्चे क्षेत्र कुनै समय मूख्य बजारका रूपमा परिचित थियो । यसलाई व्यापारिक केन्द्रका रूपमा पनि चिनिन्थ्यो । तर कोरोना कहरका कारण यो क्षेत्र सुनसान बन्दै गयो । अहिले सामाजिक विकासका लागि युवाहरूको प्रयास नामक संस्थाले यस क्षेत्रलाई जीवित तुल्याउन भूमिका खेलिरहेका छन् । सुनसान बन्दै गएको कोप्चेलाई पुरानै लयमा फर्काउन स्थानीयसँगै सरोकारवाला र जनप...
धमाधम हुँदैछ पाख्रीबास-फलाटे सडकखण्डको स्तरोन्नति 

धमाधम हुँदैछ पाख्रीबास-फलाटे सडकखण्डको स्तरोन्नति 

धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट फलाटे जोड्ने सडकको स्तरोन्नतिले तिव्रता पाएको छ । बजेट अभावका कारण तोकिएको समयमा सम्पन्न नभएको सडकको कामले पछिल्लो समय गति लिएको हो । साढे ६ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने जिम्मा वर्ल्डवाइड कन्सल्टेन्सी प्रालि काठमाडौंले पाएको छ । सङ्घीय सरकारको १९ करोड रुपैयाँ लागतमा सडक स्तरोन्नतिको काम अघि बढेको हो । २०७९ माघमा ठेक्का लागेको सडक निर्माणको काम...
चौबिसे गाउँपालिकाको बजेट ४८ करोड, पर्यटन विकासलाई प्राथमिकता

चौबिसे गाउँपालिकाको बजेट ४८ करोड, पर्यटन विकासलाई प्राथमिकता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको मङ्गलबार सम्पन्न १७ औं अधिवेशनमा ४८ करोड ८४ लाख ४३ हजार बराबरको बजेट प्रस्तुत गरिएको हो । चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष टंकमायाँ पाङ्मी मगरले बजेट प्रस्तुत गरेकी हुन् । कुल बजेटमध्ये चालु खर्चतर्फ ६३ दशमलव ८० प्रतिशत र ...
धनकुटाबाट जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

धनकुटाबाट जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका-६ मधेसाका २३ वर्षीय ऋतिक भनिने विजयकुमार कामत र एक जना १४ वर्षीय नाबालक छन् । उनीहरूमाथि असार ५ गते धनकुटाकी एक १९ वर्षीया युवतीलाई घरमा एक्लै सुतिरहेको अवस्थामा राति १०ः३० बजेतिर जबरजस्ती करणी गरेको आरोप छ । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार युवती निदाइरहेको अवस्थामा...
धनकुटा नगरको बजेट ९७ करोड

धनकुटा नगरको बजेट ९७ करोड

धनकुटा । धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९७ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । मङ्गलबार सम्पन्न भएको १६ औं नगरसभामा आगामी आर्थिक वर्षका लागि ९७ करोड ६१ लाख ७८ हजार ५ सय ३८ बराबरको बजेट प्रस्तुत गरिएको हो । नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भीमा खनालले बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटमा चालु खर्चतर्फ ५३ करोड ६१ लाख ५९ हजार ७ सय ४८ रु...
धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-८ सान्ताङका ५२ वर्षीय खड्गबहादुर राई छन् । प्रहरीका अनुसार असार ८ गते राति करिब ११ बजे ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप उनीमाथि छ । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार महिला सुतिरहेको अवस्थामा खड्गबहादुर घरमा प्रवेश गरेर खुकुरी देखाउँदै मुख थुनेर जबरजस्ती करणी गरेक...
धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका-७ मौनाबुधुक का ३० वर्षीय भुपेन लिम्बु र चौबिसे गाउँपालिका-६ राजारानी का २५ वर्षीय हेमबहादुर बिक छन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार धरानबाट राजारानीतर्फ आउँदै गरेको को ३९ प ३०३ नम्बरको मोटरसाइकलमा सवा उनीहरूलाई शङ्का लागेर चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको हो । उनी...
धनकुटामा पुरुष मृत फेला

धनकुटामा पुरुष मृत फेला

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-८ ढुङ्गेमा एक पुरुष मृत भेटिएका छन् । मृत्यु हुनेमा उदयपुरको कटारी नगरपालिका-११ का ३९ वर्षीय कमलबहादुर केप्छाकी मगर रहेका छन् । स्थानीय गोपिश्वरी राईको घरमा कोठा भाडा लिएर बस्दै आएका मगर आज बिहान सुतेकै अवस्थामा मृत भेटिएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । प्रहरी प्रवक्ता खनालका अनुसार मृत भेटिएका मगर भेडेटार स्थित आहाले मह...
धनकुटाको पाख्रीवासमा एकै ठाउँमा चार वटा गाडी ठोक्किँदा सडक अवरुद्ध

धनकुटाको पाख्रीवासमा एकै ठाउँमा चार वटा गाडी ठोक्किँदा सडक अवरुद्ध

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५, डिकुरेमा चार वटा गाडी ठोक्किएर सडक ढाक्दा मध्य पहाडी लोकमार्गको पाख्रीवास-लेगुवा सडक खण्ड अवरुद्ध भएको छ । एकै ठाउँमा ट्रक, दुई वटा टिपर र इभी गाडी ठोक्किँदा बिहान करिब ११ बजेदेखि अवरुद्ध भएको सडक अझै खुलेको छैन ।  भोजपुरबाट काठको लकडी बोकेर इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ६६१ नम्बरको ट्रक ‘एक्सल’ भाँचिएर पछि सरेपछि पछाडि रहेका तीन वटा गाडी पनि ठ...
धनकुटामा बरण्डाबाट लडेर महिलाको मृत्यु

धनकुटामा बरण्डाबाट लडेर महिलाको मृत्यु

धनकुटा । धनकुटामा घरको बरण्डाबाट लडेर आज बिहान एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं.१० उत्तरपानीकी ५० वर्षीया प्रमिला राई घिसिङ छन् । बिहान करिब ६ बजे उनी आफ्नै घरको बरण्डाबाट लडेकी हुन् । घरको दोस्रो तलाको बरण्डाबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । https://www.youtube.com/watch?v=1jztL7QYwVE
पर्यटकीय स्थलको प्रर्वद्धनमा जुटे महालक्ष्मीका युवा

पर्यटकीय स्थलको प्रर्वद्धनमा जुटे महालक्ष्मीका युवा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका युवा नगरभित्र रहेका पर्यटकीय स्थलको संरक्षण र प्रर्वद्धनमा जुटेका छन् । उनीहरू ओझेलमा परेका पर्यटकीय गन्तव्यको संरक्षण र प्रर्वद्धनसँगै प्रचार-प्रसारमा जुटेका हुन् । महालक्ष्मी-६ स्थित मुगाली गाउँमा पिपल डाँडा चौतारो छ । जहाँ बस्नका लागि फलैँचा बनाइएको छ भने वरिपरि रेलिङ, गमाल राखिएको छ । जसमा युवाहरूको सक्रियतामा पालिकाभित्रका पर्यटकीय स्थलहरूको सूचीसह...
लोक सेवा आयोगको वार्षिकोत्सवमा हाजिरीजबाफ र वृक्षरोपण

लोक सेवा आयोगको वार्षिकोत्सवमा हाजिरीजबाफ र वृक्षरोपण

धनकुटा । लोक सेवा आयोगको ७५ औँ वार्षिकोत्सव एवम् हीरक जयन्तीका अवसरमा धनकुटामा हाजिरीजबाफ प्रतियोगिता र वृक्षरोपण गरिएको छ । लोक सेवा आयोग धनकुटाले माध्यमिक विद्यालयस्तरीय हाजिरीजबाफ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालय प्रथम, जनकल्याण माध्यमिक विद्यालय मार्गा द्वितीय र गोकुण्डेश्वर माध्यमिक विद्यालय सिरानबजार तृतीय भएका छन् । त्यस्तै, भाषा माध्य...
धनकुटामा गिटीको थुप्रोभित्र भेटियो युवकको शव

धनकुटामा गिटीको थुप्रोभित्र भेटियो युवकको शव

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ धरधरेमा गिटीको थुप्रोभित्र युवकको शव फेला परेको छ । जितपुर-लेगुवा सडक खण्डस्थित निर्माणाधीन सडकको छेउमा राखिएको गिटीको थुप्रोमा महालक्ष्मी-१, कटहरेका २५ वर्षीय दिपेश कटुवालको शव फेला परेको हो । थुपारेर राखेको ग्राभेल सम्याउने क्रममा आइतबार दिउँसो करिब २ बजे ग्राभेलभित्र मान्छेको खुट्टा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी टोली पुगेर गिटी पन्छाएर म...
धनकुटामा लागू गरियो ‘टाइम कार्ड’

धनकुटामा लागू गरियो ‘टाइम कार्ड’

धनकुटा । पूर्वी पहाडी जिल्लामै पहिलो पटक धनकुटामा आजबाट सवारी साधनमा टाइम कार्ड लागू गरिएको छ । सवारी दुर्घटना बढ्दै गएपछि त्यसलाई न्यूनिकरण गर्न भाडाका यात्रुबाहक सवारी साधनमा टाइम कार्ड लागू गरिएको हो । गत जेठ ९ गते बसेको सरोकारवालाहरूको बैठकले दुर्घटनाको तथ्याङ्क विश्लेषण गरेर त्यसलाई कम गर्न टाइम कार्ड लगाउनु उपयुक्त हुने निष्कर्ष निकालेको थियो । सोही अनुसार आज भेडेटारमा आयोजित कार्यक्रममा ...
धनकुटामा स्रष्टासहित विभिन्न व्यक्तिलाई सम्मान

धनकुटामा स्रष्टासहित विभिन्न व्यक्तिलाई सम्मान

विराटनगर । नेपाल गर्गाचार्य विश्वभाषा पुस्तकालय धनकुटाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जना व्यक्तिसहित स्रष्टालाई सम्मान गरेको छ । शनिबार पुस्तकालयले एक कार्यक्रमकाबीच सम्मानपत्र, दोसल्ला र नगदसहित उनीहरूलाई सम्मान गरेको हो । लक्ष्मीकान्त देव्यकन्या रुक्मिणी स्मृति पुरस्कारबाट सुनसरीका पं. रेवतीप्रसाद घिमिरे सम्मानित भए । पूर्वीय दर्शनको श्रीवृद्धिको लागि योगदान पुर्याएको भन्दै नगद पा...
मासु खाने क्रममा हड्डी अडकिएर धनकुटाका वृद्धको मृत्यु

मासु खाने क्रममा हड्डी अडकिएर धनकुटाका वृद्धको मृत्यु

धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अडकिएर धनकुटाका एक वृद्धको मृत्यु भएको छ । सुँगुरको मासु खाने क्रममा मासुसँगै रहेको हड्डी अड्कँदा धनकुटाको महालक्ष्मी नगरपालिका-९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको मृत्यु भएको हो । घटना गत जेठ २१ गते रातीको हो । मासु खाँदा हड्डी अड्किएपछि लिम्बूलाई उपचारका लागि मोरङको वुढिगंगास्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल लगिएको थियो । उपचारकै क्रममा ग...
धनकुटाका गाईमा देखियो लम्पीस्किन रोग

धनकुटाका गाईमा देखियो लम्पीस्किन रोग

धनकुटा । धनकुटाका गाईमा लम्पीस्किन रोग देखिएको छ । दुई वर्ष अघि महामारीको रुपमा फैलिएको लम्पीस्किन रोग अहिले पुनः धनकुटा नगर क्षेत्रका गाईमा देखा परेको हो । धनकुटा-६ पात्लेखोलाका डिल्लीराम राई र धनकुटा-१० का दुर्गा अधिकारीले पालेको गाईमा लम्पीस्किनको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । संक्रमण देखिएका गाईहरूलाई खोप लगाएको छ । लम्पीस्किन रोगको संक्रमणपछि पश...
धनकुटाबाट बिर्तामोड जाँदै गरेको इभी गाडीमा गाँजा, चालक पक्राउ

धनकुटाबाट बिर्तामोड जाँदै गरेको इभी गाडीमा गाँजा, चालक पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट १० किलो गाँजासहित इभी गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-९ बेलहराका २० वर्षीय बालकृष्ण मगर छन् । आज बिहान करिब ७ बजे चेकजाँचका क्रममा धनकुटाबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ४५२७ नम्बरको इभी गाडीमा गाँजा फेला परेको हो । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार इभी गाडीको सिट...
धनकुटाबाट गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ

धनकुटाबाट गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ

धनकुटा । धनकुटाबाट गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । फरक-फरक तीन वटा गाँजा मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएर फरार रहेका सहिदभूमि गाउँपालिका-६ आँखिसल्लाका ३८ वर्षीय डम्बर राई पक्राउ परेका हुन् । उनलाई बुधबार साँझ करिब ६ः३० बजे धनकुटा नगरपालिका-६ बाघेखोला स्थित कोशी लोकमार्गबाट नियन्त्रणमा लिइएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । फरार अभियुक्त निय...
धनकुटामा चट्याङ लागेर वृद्ध घाइते, गोरु र पाडो ठहरै

धनकुटामा चट्याङ लागेर वृद्ध घाइते, गोरु र पाडो ठहरै

धनकुटा । धनकुटामा आज चट्याङ लागेर एक जना वृद्ध घाइते भएका छन् । गोरु र पाडो मरेका छन् । राती करिब ८ः३० बजे चट्याङ पर्दा पाख्रीवास नगरपालिका-७ देउरालीका ७० वर्षीय सूर्यबहादुर बस्नेत घाइते भएका हुन् । घरमै बसिरहेका बेला परेको चट्याङले लागेर बस्नेतको शरीरको दाहिने भागमा चोट लागेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । स्थानीय स्वास्थ्य संस्थामा उनको उपचार भइरहेको छ । चट्या...
धनकुटामा ढक तराजु जाँच गरिदै

धनकुटामा ढक तराजु जाँच गरिदै

धनकुटा । उपभोक्ता ठगिनबाट जोगाउँन धनकुटामा आजबाट ढक तराजुसहितका नापतौल सामग्रीको जाँच गर्न सुरु गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरसँग समन्वय गरेर उद्योग वाणिज्य सङ्घ धनकुटाले घुम्ती शिविर आयोजना गरी ढक तराजु दर्ता तथा नवीकरण थालेको हो । व्यापारीहरूले प्रयोग गर्ने ढक, तराजु, लिटर, मिटर लगायत नापतौलका सामग्री सही भए/नभएको शिविरमा यकिन गरिनेछ । चार दिनसम्म चल्ने शिविरको पहिलो दिन धनकु...
धनकुटामा ब्याज अनुदान कार्यक्रम भएन प्रभावकारी 

धनकुटामा ब्याज अनुदान कार्यक्रम भएन प्रभावकारी 

धनकुटा । धनकुटामा ब्याज अनुदान कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । कोशी प्रदेश सरकारले कृषकका लागि राहत दिने उद्देश्यले ल्याएको कार्यक्रम आर्थिक वर्षको अन्त्य हुन लाग्दा समेत कृषकले पाउन सकेका छैनन् । प्रदेश सरकारले लामो समयदेखि पशुपालन, तरकारी खेती र नगदेबालीमा संलग्न कृषकहरूलाई लक्षित गरेर कृषि कर्जामा ब्याज अनुदान दिने नीति ल्याएको थियो । व्यवसायिक कृषकका लागि बैंकबाट लिएको कर्जामा ६ प्रत...
धनकुटामा भर्‍याङबाट लडेर महिलाको मृत्यु

धनकुटामा भर्‍याङबाट लडेर महिलाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका-७ मा लडेर एक महिलाको मृत्यु भएको छ । सोमबार राति करिब ९ बजे आफ्नै घरको छतमा जाने क्रममा भर्‍याङबाट लडेर ६१ वर्षीया व्रतकुमारी राईको मृत्यु भएको हो । प्रहरीका अनुसार एकतले घरको छतमा जानेक्रममा भर्‍याङबाट लडेर उनी बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा राति ९ः१६ बजे मृत्यु भएको प्रहरीको भनाइ छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालम...
अनेम संघ धनकुटाको १२ औं अधिवेशन आज 

अनेम संघ धनकुटाको १२ औं अधिवेशन आज 

धनकुटा । अखिल नेपाल महिला संघ धनकुटाको १२ औं जिल्ला अधिवेशन आज हुने भएको छ । धनकुटा नगरपालिका-७ स्थित श्रीवनीमा रहेको नेपाल कम्युनिष्ट पार्टी कार्यालयमा अधिवेशन हुने छ । कार्यक्रमको उद्‌घाटन अनेम संघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्लेले गर्ने अनेम संघ धनकुटाकी अध्यक्ष मनकुमारी तितुङले जानकारी दिइन् । अनेम संघ २००८ साल फाल्गुन २४ गते अन्तराष्ट्रिय श्रमिक दिवस (मे ८) का दिन स्थापना भए थियो । सामन...
धनकुटाबाट गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीलाई धकेलेर भागेका लिम्बु पक्राउ

धनकुटाबाट गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीलाई धकेलेर भागेका लिम्बु पक्राउ

धनकुटा । धनकुटाबाट गाँजा नियन्त्रणमा लिने क्रममा ड्युटीमा रहेका प्रहरीलाई धकेलेर फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका-२ बूढीमोरङका २५ वर्षीय सागर लिम्बु छन् । गत जेठ १० गते साँगुरीगढी गाउँपालिका-२ सेलेङस्थित मोरङको सिमानामा गाँजा नियन्त्रणमा लिने क्रममा प्र १-०२-००२ च ५२३८ नम्बरको महिन्द्रा पिकअपका चालक लिम्बु प्रहरी जवान संजयकुमार थारूलाई धकेलेर जङ्गलतर्फ भा...
पाख्रीबासका ताराकुमारको उपचारमा सहयोग गरिदिन परिवारको अपिल

पाख्रीबासका ताराकुमारको उपचारमा सहयोग गरिदिन परिवारको अपिल

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ राम्चेका ताराकुमार कार्कीको उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि परिवारले सहयोगको अपिल गरेको हो । हाल कार्की काठामाडौं स्थित टिचिङ हस्पिटलमा उपचाररत छन् । उनको टाउकोको ट्युमर अप्रेसन गरिएको र हाल चिकित्सकको निगरानीमा राखिएको परिवारले जनाएको छ । चिकित्सकको सल्लाह अनुसार पुनः अप्रेसन गर्नुपर्ने भए...
error: Content is protected !!