धनकुटामा २९४ विपद्का घटना : चार जनाको मृत्यु, एक करोड बढी क्षति

धनकुटामा २९४ विपद्का घटना : चार जनाको मृत्यु, एक करोड बढी क्षति

धनकुटा । धनकुटामा एक वर्षको अवधिमा विपद्का घटनामा परेर चार जनाको मृत्यु भएको छ । दुई सय ९४ वटा विपद्का घटना हुँदा चार जनाको मृत्यु भएको हो । गत आर्थिक वर्ष २०८१/०८२ मा बढी, पहिरो, चट्याङ र आगलागीका घटनाबाट एक करोड १२ लाख बढीको भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोबाट तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यस्तै ४७ वटा पशुचौपाया मरेका छन् । एक सय ९२ वटा...
धनकुटाको चौबिसेबाट लागूऔषधसहित एक जना पक्राउ

धनकुटाको चौबिसेबाट लागूऔषधसहित एक जना पक्राउ

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-५ मानेडाँडाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय सौगात मगर छन् । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले उनलाई आज बिहान लागूऔषधसहित नियन्त्रणमा लिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गर्दा ट्रामोल ९२ गोटी र डाइस...
एन्फा प्रेसिडेन्ट लिगमा सहभागिता जनाउँदै धनकुटाको देउराली युवा क्लब

एन्फा प्रेसिडेन्ट लिगमा सहभागिता जनाउँदै धनकुटाको देउराली युवा क्लब

धनकुटा । धनकुटाको देउराली युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग २०२५ मा सहभागिता जनाउने भएको छ । आज पत्रकार सम्मेलन गर्दै क्लबले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो । देउराली युवा क्लब कोशी प्रिमियर लिग २०८१ को उपविजेता पनि हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगितामा सातै प्रदेशका प्रतिनिधि टिम सहभागी हुनेछन् । क्लबका अध्यक्ष उदिप राईका अनुसार प्रतियोगितामा विजेता ह...
धनकुटामा ४७ प्रतिशत रोपाइँ हुन बाँकी

धनकुटामा ४७ प्रतिशत रोपाइँ हुन बाँकी

धनकुटा । धनकुटामा ४७ प्रतिशत रोपाइँ हुन बाँकी छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार पर्याप्त वर्षा नहुँदा रोपाइँ कम भएको हो । धनकुटामा चार हजार नौ सय ३८ दशमलब ८९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसमध्ये दुई हजार छ सय १७ दशमलव ६१ हेक्टर क्षेत्रफल अर्थात ५३ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार अझै दुई हजार तीन सय २१ दशमलव २८ हेक्टर क्षेत्रफल अर्थात ४७ प्रतिशत रोपा...
पहिरोले रवि-राँके-भेडेटार सडक खण्ड अवरुद्ध

पहिरोले रवि-राँके-भेडेटार सडक खण्ड अवरुद्ध

धनकुटा । अबिरल वर्षाका कारण पहिरो खस्दा रवि-राँके-भेडेटार सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान करिब ६ः२० बजे धनकुटाको साँगुरीगढी गाउँपालिका-५ लुम्फाकुङमा खसेको पहिरोले निर्माणधीन रवि-राके-भेडेटार सडक खण्ड अवरुद्ध भएको हो । प्रहरीका अनुसार सडकमाथिबाट खसेको पहिरोले दुबैतर्फ सडक अवरुद्ध भएको छ । डाँडाबजारबाट खटिएको प्रहरी टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ । यस्तै चौबिसे गाउँपालिका-४ स्थित निर्मा...
धनकुटाको कागियोघारी सामुदायिक वनमा वृक्षरोपण

धनकुटाको कागियोघारी सामुदायिक वनमा वृक्षरोपण

धनकुटा । धनकुटा नगरपालिका-६ बाघेखोला स्थित कागियोघारी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहले विभिन्न प्रजातिका तीन सय बढी बिरुवा रोपेको हो । सामुदायिक वनमा रहेको पानीको मुहान संरक्षणका गर्ने उद्देश्यसहित बिरुवा रोपिएको जनाइएको छ । वन उपभोक्ता समूहका अध्यक्ष दिव्यप्रसाद मिश्रका अनुसार पछिल्लो समय पानी नपरेका कारण पानीका मुहान सुक्न थालेपछी मुहान संरक्षणका लागि वृक्षरोप...
धनकुटाबाट फरार प्रतिवादी पक्राउ

धनकुटाबाट फरार प्रतिवादी पक्राउ

धनकुटा । धनकुटाबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका-५ बोधेका ५० वर्षीया प्रेमबहादुर जोगी छन् । २०८१ मंसिर २९ गते जिल्ला अदालत धनकुटाले जोगीविरुद्ध हातहतियार खरखजना मुद्दामा तीन महिना २९ दिन कैद र सात हजार रुपैयाँ जरिवाना तोकेको थियो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आज पक्राउ परेका उनलाई भोलि अदालतमा उपस्थित गराउने तयारी छ ।
छथर जोरपाटीमा वडाको लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर किर्ते

छथर जोरपाटीमा वडाको लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर किर्ते

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ४ को लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर दुरुपयोग गरी नक्कली सिफारिस पत्र बनाएको पाइएको छ । घरबाटो प्रमाणित सिफारिसमा स्थानीय मेघराज खतिवडाले वडाको नक्कली लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर दुरुपयोग गरेको आरोप लागेको हो । काँग्रेसका स्थानीय नेता समेत रहेका खतिवडाले घरबाटो प्रमाणित गर्न जग्गामा बाटो र घर नभएको उल्लेख गरी नक्कली सिफारिस प...
धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-६ सुकेआलबाट शुक्रबार लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि-५ का २३ वर्षीय सुवास राई छन् । प्रहरीले उनको साथबाट २ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रदेश १-०१-०४८ प ४८९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई शङ्का लागेर चेकचाँज गर्दा लागूऔषध फेला परेको हो । पक्राउ...
दुग्ध उत्पादक संस्थालाई ढुवानीसहितका सामाग्री वितरण 

दुग्ध उत्पादक संस्थालाई ढुवानीसहितका सामाग्री वितरण 

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका र तेह्रथुमको छथर शुक्रबारे गाउँपालिकाका दुग्ध उत्पादक संस्थाहरूलाई ढुवानीसहितका विभिन्न सामग्री वितरण गरिएको छ । आज आठ ओटा दुग्ध उत्पादक संस्थाहरूलाई आवश्यक ढुवानी गर्ने सामाग्री र उपकरण वितरण गरिएको हो । छथर जोरपाटी गाउँपालिका-१ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था, वडा नम्बर ६ मा रहेका सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहका...
पाख्रीबासमा माओवादी परित्याग गरी दुई दर्जनबढी एमाले प्रवेश  

पाख्रीबासमा माओवादी परित्याग गरी दुई दर्जनबढी एमाले प्रवेश  

धनकुटा । धनकुटाको पाख्रीबासमा नेकपा माओवादी केन्द्र परित्याग गर्दै दुई दर्जनबढी नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । आज पाख्रीबास नगरपालिका-३ खोलीटारमा गरिएको कार्यक्रममा माओवादी परित्याग गर्दै उनीहरू एमाले प्रवेश गरेका हुन् । उनीहरूलाई नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र कुमार राई, जिल्ला अध्यक्ष शिव आङ्ला, जिल्ला सचिवालय सदस्य नम्रता गौतम देउजा र पाख्रीबास नगरकमिटी उपाध्यक्ष मदन...
साँगुरीगढीका भूमिहीन पाँच परिवारलाई धनीपूर्जा वितरण

साँगुरीगढीका भूमिहीन पाँच परिवारलाई धनीपूर्जा वितरण

धनकुटा । धनकुटाको साँगुरीगढीका भूमिहीन सुकुम्बासी पाँच परिवारलाई जग्गा धनीपूर्जा प्रदान गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले आज कार्यक्रम आयोजना गरेर धनीपूर्जा वितरण गरेको हो । धनीपूर्जा पाउनेमा साँगुरीगढी-३ फुवाफोकका कञ्चन माझी, सुनेत्र माझी र आइतमान माझी तथा वडा नम्बर ९ अहालेका दुर्गा बहादुर राई र वडा नम्बर ७ लेउतीका विष्णुकुमार राई छन् । कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधि ...
ऋण असुल गरेर बचत फिर्ता गर्न सहकारीहरूलाई धनकुटा नगरको निर्देशन

ऋण असुल गरेर बचत फिर्ता गर्न सहकारीहरूलाई धनकुटा नगरको निर्देशन

धनकुटा । धनकुटा नगरपालिकाले भाका नाघेको ऋण असुली गरी बचतकर्ताको रकम फिर्ता गर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ । सहकारी संस्थाले दिएको ऋण समयमै चुक्ता नहुँदा समस्या देखिएपछि नगरपालिकाले आज सूचना जारी गरेर नगर क्षेत्रका सबै सहकारी संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो । बचत गरेको रकम फिर्ता नपाएपछि अहिले बचतकर्ताहरू समस्यामा छन् । उनीहरूले बचत फिर्ताका लागि पटक-पटक ताकेता गरिरहेका छन् । सहक...
धनकुटामा सवारी चालकको आँखा परीक्षण

धनकुटामा सवारी चालकको आँखा परीक्षण

धनकुटा । धनकुटामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी चालकको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्र ज्योति संघ र डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको आयोजना तथा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय धनकुटाको सहकार्यमा आँखा परीक्षण गरिएको हो । धनकुटा नगरपालिका-६ जिरोप्वाइन्टमा भएको शिविरमा एक सय बढी चालकको आँखा परीक्षण गरिएको थियो । जसमा २५ जनालाई चस्मा वितरण गरिएको...
धनकुटामा खोल्सीमा खसेकी महिलाको सकुशल उद्धार

धनकुटामा खोल्सीमा खसेकी महिलाको सकुशल उद्धार

धनकुटा । धनकुटामा खोल्सीमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिका-५ की ३५ वर्षीया पूर्णिमा राईको उद्धार गरिएको हो । आज साँझ करिब ६ः३० बजे धनकुटा-६ परिचय मोडस्थित कोशी लोकमार्गको पेटीमा बसेकी उनी करिब ७० मिटर माथिबाट खोल्सीमा खसेकी थिइन् । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीको कमान्डमा प्रहरी टोली खटिएको ...
चौबिसेको धपडतालमा डुबेर एक जनाको मृत्यु

चौबिसेको धपडतालमा डुबेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ स्थित धपडतालमा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुब्दा चौबिसे–१, फेदापजुङका १७ वर्षीय अभिषेक आले मगरको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा दिउँसो करिब ३ः३० बजे उनी तालमा डुबेर बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा साँझ करिब ५ बजे उनको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । ‘तालमा मान्छे डुबे...
लेगुवाको २५० वर्ष पुरानो नागेश्वर महादेव मन्दिर ओझेलमा

लेगुवाको २५० वर्ष पुरानो नागेश्वर महादेव मन्दिर ओझेलमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-६ लेगुवामा अवस्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर ओझेलमा परेको छ । धार्मिक आस्था तथा नेपालको इतिहाससँग जोडिएको उक्त मन्दिर प्रचार-प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको हो ।  पूर्वका पिण्डेश्वर, बराहक्षेत्र लगायतका समकालीन मन्दिर चर्चामा रहेपनि यो मन्दिरमा भने चहल-पहल पनि कम हुँदै गएको छ । स्थानीयका अनुसार २०५० सालसम्म यो मन्दिरमा भक्तजनहरूको बाक्लो चहल-प...
धनकुटाका एक व्यक्‍तिद्वारा आत्मदाह प्रयास

धनकुटाका एक व्यक्‍तिद्वारा आत्मदाह प्रयास

धनकुटा । धनकुटामा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । धनकुटा नगरपालिका-४ देब्रेवासका ४० वर्षीय पुरुषले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गरेका उनलाई श्रीमतीले देखेपछि आगो निभाएकी थिइन् । उनको अनुहार, छाती र ढाड जलेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनको शरीरको करिब १७ प्रतिशत भाग डढे...
सरकारी मोटरसाइकलमा लागूऔषध, धनकुटाबाट कर्मचारी पक्राउ

सरकारी मोटरसाइकलमा लागूऔषध, धनकुटाबाट कर्मचारी पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-७ स्थित जीरोप्वाइन्टबाट सरकारी मोटरसाइकलमा सवार एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन् । मंगलबार दिउँसो करिब २ बजे पाख्रीबास नगरपालिकामा कार्यरत कर्मचारी मिगुर शेर्पा लागूऔषधसहित पक्राउ परेका हुन् । पाख्रीबास नगरपालिका-४ घर भएका शेर्पा हाल नगरपालिकामा स्थायी कर्मचारी हुन् । उनी एसिस्टेन्ट सब इन्जिनियरका रूपमा पाख्रीबास नगरपालिकामा कार्यरत रहेको खुलेको छ । धनकुटाको फ...
धनकुटाको पाख्रीबासका युवाको लडेर मृत्यु 

धनकुटाको पाख्रीबासका युवाको लडेर मृत्यु 

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-६ का एक युवकको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा  ३२  वर्षीय दीपक रोक्का छन् । पाख्रीबास नगरपालिका-८ स्थित घामेमा रहेको खेतमा काम गर्न असार २२ गते उनी घरबाट हिँडेका थिए । केही दिनदेखि सम्पर्क विहीन भएका उनलाई आफन्तले खोजी गर्दा आज बिहान ९ बजे पाखाबाट करिब १० मिटर तल लडेको अवस्थामा भेटेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि अस्पताल लैजाने...
धनकुटाको महालक्ष्मीमा व्यवसायिक तरकारी खेती, वार्षिक २० लाखसम्म आम्दानी

धनकुटाको महालक्ष्मीमा व्यवसायिक तरकारी खेती, वार्षिक २० लाखसम्म आम्दानी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-१ घुमाउने र चित्रेका किसानले व्यवसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मौसमी तथा बेमौसमी तरकारी खेतीबाट यहाँका किसानले वार्षिक २० लाखसम्म आम्दानी गर्न थालेका हुन्। यहाँका धेरैजसो कृषक पछिल्लो समय व्यवसायिक तरकारी खेतीतर्फ जुटेका छन् । उनीहरूले तरकारी खेतीबाट नै घरखर्च चलाउने गरेका छन् भने बचेको पैसा बचत गर्दै आएका छन् । चित्रे र घुमाउने लग...
धनकुटाबाट गाँजासहित एक जना पक्राउ

धनकुटाबाट गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिकाका २४ वर्षीय हरिकुमार राई छन् । आज दिउँसो साँगुरिगढी गाउँपालिका-६ भेडेटार चोकमा तेह्रथुमबाट दमकतर्फ जाँदै गरेको बा ५ ख ५८७७ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्दा गाँजा फेला परेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनले बोकेको भिर्ने झोला र बसको डिकीमा समेत गरेर जम्मा ६ किलो गाँजा...
धनकुटामा अटो दुर्घटना, ६ जना घाइते

धनकुटामा अटो दुर्घटना, ६ जना घाइते

धनकुटा । धनकुटा नगरपालिका-९ स्थित गुठीटार-बेलहरा भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आज दिउँसो करिब १ः३५ बजे बेलहराबाट सदरमुकाम आउँदै गरेको को २ ह ५५६७ नम्बरको अटो दुर्घटना भएको हो । दुर्घटनामा धनकुटा नगरपालिका-९ बेलहारा की ६१ वर्षीया निर्मला बस्नेत, सोही स्थानकी ३३ वर्षीया रेनुका न्यौपाने र १७ वर्षीय डेबिड बिक घाइते भएका छन् । यस्तै धनुषाको जनकपुर नगरपालिका-१४ का ४४ वर्...
धनकुटाबाट सात किलो गाँजासहित एक जना पक्राउ

धनकुटाबाट सात किलो गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट सात किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका-८ का ४६ वर्षीय भीमबहादुर राई छन् । आज अपराह्‍न १२ बजे साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट उनलाई पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । तेह्रथुमबाट झापातर्फ जाँदै गरेको ना ४ ख ६३१८ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्दा सिटमुनि गाँजा भेटिएको उनको भनाइ छ ।...
आर्थिक करिडोर कार्यक्रम प्रभावकारी बन्दै 

आर्थिक करिडोर कार्यक्रम प्रभावकारी बन्दै 

धनकुटा । मध्यपहाडी लोकमार्गमा रहेको राष्ट्रिय गौरवको आयोजना निर्माणकै चरणमा रहेपनि प्रभावकारी बन्दै गएको छ । पूर्वदेखि सुदूरपश्चिम सम्मका पहाडी जिल्लाका भू-भागमा विकासको मेरुदण्डका रूपमा रहेको राजमार्ग निर्माण आसपासका स्थानीय तहलाई आर्थिक कोरिडोरका रूपमा विकास गर्न सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको हो । विश्व बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा २०७७ सालदेखि पाँच वर्षका लागि मध्य पहाडी ...
धनकुटाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-६ सरस्वती चोकका ५० वर्षीय सुशील खड्गी छन् । बिहीबार साँझ ५ः३० बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २५० मिलिग्राम ब्राउन सुगरसहित उनलाई घरबाटै नियन्त्रणमा लिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
धनकुटाको बिहीबारे हटियामा अनुगमन

धनकुटाको बिहीबारे हटियामा अनुगमन

धनकुटा । धनकुटा नगरपालिका-५ स्थित बिहीबारे हटियाको अनुगमन गरिएको छ । आज उप-प्रमुख भिमादेवी खनालको नेतृत्वमा हटियाको अनुगमन गरिएको हो । अनुगमनका क्रममा खाद्यान्न, फलफूल, मासु पसल, नापतौल लगायतका व्यवसायीहरूसँग खाद्य गुणस्तर र सरसफाइका विषयमा छलफल भएको थियो । कैफियत पाइएका पसलहरूलाई आगामी दिनमा सुधार गर्न सुझाव दिइएको छ । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, प्रशासन योजना तथा अनुगमन शाखा प...
धनकुटाबाट गाँजासहित एक जना पक्राउ

धनकुटाबाट गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिका-६ का ४१ वर्षीय बुद्धिमान गुरुङ छन् । आज दिउँसो भोजपुरबाट धरानतर्फ जाँदै गरेको को १ ख ७२४० नम्बरको बसमा चेकजाँच गर्दा ६ किलो गाँजा फेला परेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनलाई साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेबाट नियन्त्रणमा लिइएको उनले बताए । उनका सम्बन्धमा आवश...
धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-१ का ३२ वर्षीय दिनेश राई छन् । उनलाई मंगलबार दिउँसो घरबाट नै पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । राईविरुद्ध २०७९ फागुन २ गते लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
भोजपुरका थापा धनकुटामा मृत फेला

भोजपुरका थापा धनकुटामा मृत फेला

धनकुटा । धनकुटामा एक युवक मृत फेला परेका छन् । भोजपुरको अरुण गाउँपालिका-७ घर भएका २७ वर्षीय सागर थापा पाख्रीबास नगरपालिका-५ रुपटारस्थित खेतमा मृत फेला परेका हुन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनी झापास्थित मावली घरबाट १६ गते फर्किएका थिए । तर उनी घर नपुगेपछि खोजतलास गर्ने क्रममा मंगलबार साँझ ६ः३० बजे शव फेला परेको हो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ...
धनकुटामा ११ प्रतिशत रोपाइँ 

धनकुटामा ११ प्रतिशत रोपाइँ 

धनकुटा । धनकुटामा हालसम्म धानखेती हुने कुल जमिनको ११ प्रतिशत रोपाइँ भएको छ । मध्य असार भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा कम रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा ४ हजार ९ सय ३८ दशमलब ८९ हेक्टर क्षेत्रफलमा धान हुने खेती हुनेगरेको छ । जसमध्ये हालसम्म ११ प्रतिशत अर्थात् ५ सय ४३ दशमलव २७ हेक्टरमा मात्रै रोपाइँ भएको छ । जिल्लाका अधिकांश स्थानमा सिँचाइ राम्रो प्रबन्ध नहुँदा आक...
error: Content is protected !!