संगालोखबर

विराटनगर । धनकुटामा बस दुर्घटना भएको छ । संखुवासभाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७७८८ नम्बरको बस आज दिउँसो २ः४० बजे धनकुटा नगरपालिका-९ स्थित च्याङच्याङबारीमा दुर्घटना भएको हो । 

Advertisement

बसमा सवार १५ मध्ये ११ जना यात्रु घाइते भएका धनकुटा प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्य रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । 

घाइतेहरूलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस सडकमा पल्टिएका कारण सडक एकतर्फी सुचारु भइरहेको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!