संगालोखबर

धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले आज जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण गरेका छन् । गृह जिल्ला धनुकटा पुगेका वेला मन्त्री पराजुलीले प्रहरी कार्यालय निरीक्षण गरी जिल्लाको सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

प्रदेशमा सुरक्षा निकाय हेर्ने जिम्मेवारी आन्तरिक मामिला मन्त्रालय अन्तर्गत पर्छ । आफ्नो मन्त्रालय मातहत रहेकाले मन्त्री पराजुलीले प्रहरी कार्यालय निरीक्षण गरेका हुन् ।

सो क्रममा जिल्ला प्रहरी प्रमुख एसपी सदतकुमार थापा क्षेत्रीसहित प्रहरी अधिकारीहरूले मन्त्री पराजुलीलाई स्वागत गरेर कार्यालयको अवलोकन गराउँदै जिल्लाको समग्र प्रहरी युनिटहरू र सुरक्षा अवस्थाको बारेमा जानकारी गराएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!