
धनकुटा । धनकुटाको हुलाकटोलस्थित ओम साई इलेक्ट्रोनिक्सले ५० जना ग्राहकलाई गोलाप्रथाबाट उपहार प्रदान गर्ने भएको छ । जसमध्ये भाग्यशाली एक जना ग्राहकले ५० हजार नगद पुरस्कार पाउने भएका छन् ।
२०८२ मंसिरदेखि यही वैशाख ३० गतेसम्म सामान खरिद गर्ने ५० जना ग्राहकहरूलाई ‘लक्कीड्र’ मार्फत पुरस्कृत गर्न लागिएको ओम साई इलेक्ट्रोनिक्सका सञ्चालक रिदम श्रेष्ठले जानकारी दिए । ‘१० रुपैयाँ भन्दा वढी मूल्यको जुनसुकै सामान खरिद गर्ने ग्राहकहरूलाई लक्की ड्र मा सहभागि गरिनेछ,’ सञ्चालक श्रेष्ठले भने, ‘भाग्यशाली एक जना ग्राहकले ५० हजार पाउनुहुनेछ । बाँकी ४९ जनालाई पनि पुरस्कार स्वरुप विभिन्न सामानहरू प्रदान गर्नेछौ ।’
पसलमा ३० गते दिउँसो २ बजेपछि गोलाप्रथा गरेर पुरस्कार प्रदान गरिदैछ । ग्रोला प्रथाबाट दोस्रो हुनेलाई ‘जेवीएल गो ४ स्पीकर’ र तेस्रोलाई ‘टेकफिट एक्स ५०० स्मार्टवाच’ प्रदान गर्ने पसलको योजना छ । त्यस्तै, ५ जनालाई पावर बैंक, १० जनालाई ब्लुटुथ स्पीकर, १० जनालाई इयरवड्र्स, १० जनालाई स्मार्टवाच र १२ जनालाई नेकव्याण्ड प्रदान गरिने सञ्चालक श्रेष्ठले जानकारी दिए ।
हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि रहेको सो पसलमा आइफोन, सामसुङ, सियोमी, भिभो, ओप्पो, रियलमी, होनर, इन्फिनिक्स, नुविया लगायत व्राण्डका मोबाइलहरूसहित त्यसका सामानहरू पाइन्छन् । सबैजसो ब्राण्डको आधिकारिक विक्रेता रहेको सो पसलले नागरिकताको फोटोकपीका आधारमा किस्ताबन्दीमा पनि मोबाइल बिक्री गर्दै आएको छ ।


संगालोखबर 














