
धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले शुक्रवार धनकुटा जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । संगठनको ३७ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ धनकुटाले बिरामीहरूलाई फलफूल वितरण गरेको हो ।
अस्पतालको इमर्जेन्सी र वार्डमा रहेका करिब ४५ जना बिरामीलाई फलफूल वितरण गरिएको राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष देवी राईले जानकारी दिए ।
सो अवसरमा नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य राजेश निरौला, जिल्ला अध्यक्ष राई, पूर्वजिल्ला अध्यक्ष प्रविण पोख्रेल लगायतले बिरामीलाई फलफूल वितरण गरेका छन् ।

राष्ट्रिय युवा संघले हरेक वर्ष विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसकै अवसरमा गतवर्ष रक्तदान कार्यक्रम गरिएको थियो ।


सन्तोष सुवेदी/संगालोखबर 




















