धनकुटामा यसरी गरियो भीड नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास (फोटो फिचर) 

धनकुटामा यसरी गरियो भीड नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास (फोटो फिचर) 

धनकुटा । धनकुटामा भीड नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म छिन्ताङको सहकार्यमा अभ्यास गरिएको हो । भिडभाड र आन्दोलनलाई ध्यानमा राखेर अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए । हुलदंगालाई नियन्त्रणमा लिदाँ सकेसम्म क्षति हुन नदिने र भएमा कसरी न्यून गर्ने भने...
राजारानीमा अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुँदै

राजारानीमा अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुँदै

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक संस्था हाम्रो राजारानी भेट्रानले राजारानीमा पत्रकार सम्मेलन गर्दै आगामी कात्तिक २७ गतेबाट प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो । स्वर्गीय ज्ञानबहादुर र बुद्धिमाया लिम्बूको स्मृतिमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र यूकेको भेट्रा...
तिहार नजिकिएसँगै मादल बनाउन भ्याइ नभ्याइ

तिहार नजिकिएसँगै मादल बनाउन भ्याइ नभ्याइ

धनकुटा । तिहार नजिकिएसँगै छोटे सार्की यतिबेला व्यस्त छन् । मादल बनाउने सीप भएका छोटे माग बढेसँगै व्यस्त भएका हुन् । अहिले उनलाई खाना खाने समेत फुर्सद छैन । माग बढेपछि समयमै मादल बनाइ सक्नुपर्ने बाध्यताका बावजुत अन्य दुई जनासँग पनि उनले सहयोग लिइरहेका छन् । धनकुटा नगरपालिका-१ गैरी टोलका छोटेले अहिले मादल बनाउन छोरा निरबहादुर र भान्जा रमेश रोकाको सहयोग लिइरहेका छन् । छोटे भन्छन्, ‘यो बेला निक्कै ...
धनकुटामा बस पल्टिँदा २६ जना घाइते

धनकुटामा बस पल्टिँदा २६ जना घाइते

धनकुटा । धनकुटामा बस दुर्घटना भएको छ । कोशी राजमार्ग अन्तरगत धरान–धनकुटा सडकखण्ड स्थित साँगुरीगढी-६ कोलबोटेमा भएको दुर्घटनामा २६ जना घाइते भएका छन् । आज धरानबाट धनकुटाको सान्नेतर्फ जाँदै गरेको को १ ख २७५५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट ५० मिटर तल खसेको छ । प्रहरीका अनुसार घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स...
धनकुटामा महिला मृत फेला

धनकुटामा महिला मृत फेला

धनकुटा । धनकुटा नगरपालिका-३ स्थित डाँडागाउँमा महिला मृत भेटिएकी छन् । आज बिहान देबराज राईको घरको बरण्डामा सुतेको अवस्थामा महिला मृत भेटिएकी हुन् । अन्दाजी ५०/५५ वर्षीया उनको पहिचान भने खुलिनसकेको धनकुटा प्रहरीले जनाएको छ । बाटुली दर्जी भनेर बोलाउने गरेको खुलेको र कहिलेकाँही उनी सोही घरमा आएर बस्ने गरेको खुलेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । उनले संगालोखबरसँग भने, ‘तीन दि...
वडा सदस्यको निधन भएपछि चौबिसेमा शोक बिदा

वडा सदस्यको निधन भएपछि चौबिसेमा शोक बिदा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा आज शोक बिदा दिइएको छ । चौविसे-१ का निर्वाचित वडा सदस्य नरबहादुर मगरको निधन भएपछि गाउँपालिकाले एक दिन शोक बिदा दिएको हो । मगर, गत २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्य निर्वाचित भएका थिए । उनी गाउँसभा सदस्य पनि थिए । मुटु सम्बन्धी समस्याबाट ग्रसित उनको गत मंगलबार निधन भएको हो । वडासदस्यको निधन भएको दुखद घडीमा शोक बिदा दिइएको गाउँप...
धनकुटाको चानुवाका थापाद्वारा जन्मदिनमा ९० विद्यार्थीलाई स्विटर प्रदान

धनकुटाको चानुवाका थापाद्वारा जन्मदिनमा ९० विद्यार्थीलाई स्विटर प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-३ चानुवाका युवा राजकुमार थापाले जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई स्विटर प्रदान गरेका छन् । चानुवास्थित सरस्वती माध्यमिक विद्यालयका ९० जना विद्यार्थीहरूलाई थापाले स्विटर प्रदान गरेका हुन् । विद्यालयमा कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई स्विटर प्रदान गरिएको थापाले बताए । ‘जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यार्थीहरूलाई सहयोग गरौँ भन्ने लागेर स्विटर किनिद...
हिलेमा वृहत सांस्कृतिक कार्यक्रम हुने

हिलेमा वृहत सांस्कृतिक कार्यक्रम हुने

धनकुटा । धनकुटाको हिलेमा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हिले ब्याडमिन्टन क्लबको आयोजनामा कात्तिक १४ गते कार्यक्रम हुन लागेको हो । तीन महिना पछि हुने तेस्रो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको सहयोगार्थ कार्यक्रम गर्न लागिएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका बहुचर्चित तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक क्लबका अध्यक्ष आशिष त...
एमालेको दोष काङ्ग्रेसले बोकेर हिँड्न सक्दैन : डा. डिला संग्रौला 

एमालेको दोष काङ्ग्रेसले बोकेर हिँड्न सक्दैन : डा. डिला संग्रौला 

धनकुटा । नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य डा.  डिला सङ्ग्रौलाले सत्ता साझेदार दल नेकपा एमालेले गरेका हरेक गल्तिको भारी काङ्ग्रेसले बोकेर हिँड्न नसक्ने बताएकी छन् । उनले एमालेसँगको सहकार्य आस्थायी भएको बताउँदै आगामी चुनावमा काङ्ग्रेस एक्लै लड्ने समेत बताइन् । पार्टीले सञ्चालन गरेको सय दिने अभियानका क्रममा धनकुटा आइपुगेकी उनले पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् । भ्रष्टाचारमा मुछिएका जुनसुकै ...
धनकुटाको बक्रकुण्ड मन्दिरबाट देखिएको सुन्दर दृष्य (फोटो फिचर)

धनकुटाको बक्रकुण्ड मन्दिरबाट देखिएको सुन्दर दृष्य (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-१ बक्रकुण्ड मन्दिरबाट हिमशृङ्खलासँगै अन्य मनै लोभ्याउने दृष्य देख्न सकिन्छ । खुलेको मौसममा लोत्से र मकालु हिमालसँगै पाख्रिबास नगरपालिका-१० उत्तरपानीको दृष्य यस्तो देखिएको छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
सिधुवामा अनुगमनका क्रममा भेटिए म्याद गुज्रिएका पेय पदार्थ

सिधुवामा अनुगमनका क्रममा भेटिए म्याद गुज्रिएका पेय पदार्थ

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजारमा अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री भेटिएका छन् । आज घरेलु तथा साना उद्योग कार्यालय धनकुटा, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाले संयुक्त रूपमा गरेको अनुगमनमा म्याद गुज्रिएका सामग्री भेटिएको हो । होटल, इन्धन, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलहरूमा...
सहिदभूमिमा खाना पकाउने क्रममा आगलागी 

सहिदभूमिमा खाना पकाउने क्रममा आगलागी 

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ स्थित एउटा घरमा आगलागी भएको छ । आज डाँडागाउँ स्थित थामशेर राईको फुसको छानो भएको एक तले घरमा खाना पकाउने क्रममा आगलागी भएको हो । आगलागीबाट आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, कागज पत्र र नगदसहित घरमा भएका सम्पूर्ण सामान नष्ट भएका प्रहरीले जनाएको छ । १२ बजे लागे...
धनकुटामा प्लाष्टिकको माला र फूल बिक्रीमा रोक लगाइने

धनकुटामा प्लाष्टिकको माला र फूल बिक्रीमा रोक लगाइने

धनकुटा । तिहार नजिकिएसँगै धनकुटा नगरपालिकामा प्लाष्टिकको माला र फूल बिक्रीमा प्रतिबन्ध लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सर्वपक्षीय बैठकले प्लाष्टिकको माला र फूल बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । स्थानीय कृषकले उत्पादन गरेको फूल बिक्री नहुने भएपछि यस्तो निर्णय गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । बजार तथा पसलमा प्लाष्टिकका माला र...
धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण

धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण

धनकुटा । धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण कार्यक्रम हुने भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले टुँडिखेल नजिक रहेको आफ्नै भवनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो । आजबाट सात दिनसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी निर्मलाले जानकारी दिइन् । सो सेवा केन्द्रले आज बिहान पत्रकार भेटघाट कार्यक्रम आ...
अशक्तलाई गाउँमै पुगेर नागरिकता प्रदान

अशक्तलाई गाउँमै पुगेर नागरिकता प्रदान

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले शारीरिक रुपमा अशक्त व्यक्तिहरूलाई गाउँमै पुगेर नागरिकता प्रदान गरेको छ । साँगुरीगढी गाउँपालिका-९ र १० नम्बर वडाका छ जना अपाङ्गता भएका व्यक्तिहरूलाई नागरिकता प्रदान गरिएको हो । नागरिकता पाउनेमा साँगुरीगढी-९ आहालेका ६२ वर्षीया धनमाया राई, ५२ वर्षीया सरीमाया राई, ५३ वर्षीया ईलास राई, ४७ वर्षीया पूर्णमाया सार्की, साँगुरीगढी-१० का ५३ वर्षीय राई बहादुर राई, ५...
धनकुटामा बस र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

धनकुटामा बस र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

धनकुटा । धनकुटामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक तेह्रथुम छथर गाउँपालिका–६ का ५४ वर्षीय नेत्र कट्टेल सामान्य घाइते भएका हुन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिजो हिले सिरानमा धरानबाट तेह्रथुम जाँदै गरेको बा २ ख ७२४४ नम्बरको यात्रुवाहक बस र सोही दिशातर्फ जाँदै गरेको को ३८ प ४३५९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । बस चा...
प्रभावकारी बन्दै बङ्गुरको कृत्रिम गर्भधारण 

प्रभावकारी बन्दै बङ्गुरको कृत्रिम गर्भधारण 

धनकुटा । धनकुटाको पाख्रिबासमा बङ्गुरको कृत्रिम गर्भधारण प्रभावकारी बन्दै गएको छ ।  राष्ट्रिय बङ्गुर अनुसन्धान अन्तरगत बङ्गुरको ताजा वीर्य सङ्कलन गरेर गरिने कृत्रिम गर्भधारण प्रभावकारी बन्दै गएको हो । कृषि अनुसन्धान केन्द्र पाख्रिबासले सुरु गरेको यो कार्यले बङ्गुरको अनुवांशिक शुद्धता परीक्षणसँगै बङ्गुरपालक किसानलाई थप फाइदा पुर्याएको छ । २०७८ सालदेखि सुरु गरिएको कार्यक्रमले बङ्गुरपालक कृषकलाई सम...
धनकुटाका आठपहरिया समुदायले मनाउँदैनन् दशैं 

धनकुटाका आठपहरिया समुदायले मनाउँदैनन् दशैं 

धनकुटा । आठपहरिया समुदाय धनकुटामा मात्रै बसोबास गर्छन् । यो समुदाय धनकुटा बाहेक अन्य स्थानमा नरहेको बताइन्छ । धनकुटाका विभिन्न स्थानमा आठपहरिया समुदायका करिब ६ हजार मानिसको बसोबास छ ।  यो समुदायका मानिसले दशैं कहिल्यै मनाउँदैनन् । दशैं आउना साथ उनीहरूलाई सांस्कृतिक सहिदद्वय रामलिहाङ र रिदामको सम्झना आउँछ । कारण, जंगबहादुर राणाको समयमा उनीहरूलाई झुण्डयाएर मृत्युदण्ड दिइएको थियो ।   उनीहरूले दशै...
धनकुटामा भव्य भयो फूलपाती बढाइँ (फोटो फिचर)

धनकुटामा भव्य भयो फूलपाती बढाइँ (फोटो फिचर)

धनकुटा । धनकुटामा फूलपाती बढाइँ गरिएको छ । आज बिहान प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमापछि तल्लो टुँडिखेलमा पूजाआजा पछि फूलपाती बढाइँ गरिएको हो । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
धनकुटाको साम्बु गाउँ, जहाँ माछामासु चल्दैन !  

धनकुटाको साम्बु गाउँ, जहाँ माछामासु चल्दैन !  

धनकुटा । पुरै गाउँ शाकाहारी ! यो वाक्य सुन्दा जो–कोहीलाई अचम्म लाग्न सक्छ । धेरैलाई त विश्वास पनि नलाग्ला । तर धनकुटामा एउटा यस्तो गाउँ छ, त्यहाँका सबै घरपरिवार शाहाकारी छन् । उनीहरू माछामासु नखाने मात्र हैन पशुपक्षी समेत पाल्दैनन् । यो गाउँ सहिदभूमि गाउँपालिका-२ मा पर्दछ । साम्बु गाउँले परिचित यस ठाउँमा करिब डेढ सय घरपरिवार बस्छन् । उनीहरू माछामासु खायो भने पाप लाग्ने विश्वास गर्छन । राँगा, बङ...
धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-७ श्रीवानी सब्जीलाइनबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका-४ घर भई श्रीवानीमा कोठा भाडामा बस्दै आएका निर्मल विश्वकर्मा र धनकुटा-७ बस्ने विजय मल्लिक छन् । निर्मलको कोठामा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गएराती करिब ११ः३० बजे उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट खैरो हिरोइन, ट्रामनिल, ...
धनकुटामा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास (फोटो फिचर)

धनकुटामा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास (फोटो फिचर)

धनकुटा । धनकुटामा सडक दुर्घटनाबाट हुन सक्ने मानवीय क्षति कम गर्न कृत्रिम अभ्यास गरिएको छ । धनकुटा नगरपालिका-७ स्थित जिरो प्वाइन्टमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय धनकुटाले  संयुक्त रूपमा कृत्रिम अभ्यास गरेका हुन् । अभ्यासका क्रममा मोटरसाइकल र सुमो ठोक्किएर दुर्घटना भएको नमुना प्रस्तुत गरिएको थियो । मोटरसाइकलमा सवार दुई जनाले ट्राफिक नियम पालना नगरी सवारी कुदाएको र दुई सवारी एक...
धनकुटामा पहिरोका कारण ज्यान गुमाएको परिवारलाई राहत प्रदान

धनकुटामा पहिरोका कारण ज्यान गुमाएको परिवारलाई राहत प्रदान

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-५ मा पहिरोले ज्यान गुमाएको परिवारलाई प्रदेश सरकारले राहत प्रदान गरेको छ । आज प्रदेश सरकारले राहत स्वरुप एक लाख नगद सहयोग गरेको हो । कोशी प्रदेश सांसद इन्द्रमणि पराजुली र धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले संयुक्त रूपमा पीडित परिवारलाई चेक हस्तान्तरण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी पौडेलले पहिरोले पूर्ण रूपमा क्षति भएको घर निर्माण गर्न थप ...
धनकुटामा प्रहरीद्वारा दश हजार गाँजाको बोट नष्ट

धनकुटामा प्रहरीद्वारा दश हजार गाँजाको बोट नष्ट

धनकुटा । धनकुटाको विभिन्न स्थानमा अवैध तरिकाले लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ । पाख्रिबास नगरपालिका, सहिदभूमि र साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा प्रहरीले गाँजा नष्ट गरेको हो । आफैँ उम्रिएको तथा अवैध रूपमा लगाइएको गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले  सहिदभूमिमा छ हजार पाँच...
माइक्रोबस दुर्घटना अपडेट : घाइतेको पहिचान खुल्यो 

माइक्रोबस दुर्घटना अपडेट : घाइतेको पहिचान खुल्यो 

विराटनगर । धनकुटा नगरपालिका-९ मुलघाट नजिक माइक्रोबस दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुलेको छ । दुर्घटनामा तेह्रथुम छथर गाउँपालिका-५ ओख्रेका २५ वर्षीय रबिन तामाङ र सोही ठाउँका ४४ वर्षीया रोमा ठकुरी घाइते भएका छन् । तामाङको हात र पाखुरामा र ठकुरीको हात र कुममा चोट लागेको छ । उनीहरूको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । आज बिहान तेह्रथुमबाट धरान आउँदै ग...
आत्मारामा जुधे सुमो र मोटरसाइकल

आत्मारामा जुधे सुमो र मोटरसाइकल

धनकुटा । धनकुटा नगरपालिका-६ आत्मारास्थित ढाट नजिक सुमो गाडी र मोटरसाइकल जुधेका छन् । खाँदबारीबाट धरान जाँदै गरेको को १ ज २९९८ नम्बरको सुमो गाडी र विपरित दिशाबाट आउँदै गरेको रा ६ प ८०२४ नम्बरको मोटरसाइकल आज बिहान ८ः४० बजे ठोक्किएका हुन । दुर्घटनामा परी मोटरसाइकल चालक पाल्पा माछाखाडी गाउँपालिका-४ घर भई कुमारी दल गुल्म हेटौडामा कार्यरत नेपाली सेनाका सिपाही २४ वर्षीय भीमबहादुर सिञ्जाली घाइते भएको प...
धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका-९ मुलघाट नजिक माइक्रोबस दुर्घटना भएको छ । तेह्रथुमबाट धरान जाँदै गरेको प्रदेश नं.१ ०२ ००१ ज ४५३५ नम्बरको विद्युतीय माइक्रोबस आज बिहान करिब १०ः३० बजे मुलघाट मास्तिर चारगोलाइमा दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । उनीहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका...
धनकुटामा सय शैयाको अस्पताल निर्माणको काम तीव्र

धनकुटामा सय शैयाको अस्पताल निर्माणको काम तीव्र

धनकुटा । धनकुटामा सय शैयाको अस्पताल निर्माणको कामले गति लिएको छ । अस्पतालको समयमा नै काम सक्ने गरी निर्माण कार्यलाई तीव्र पारिएको हो । प्रदेश सरकारको सहयोगमा आधुनिक र सुविधा सम्पन्न अन्डर ग्राउन्ड पार्किङ र लिफ्टसहितको पाँच तले भवन निर्माण भइरहेको छ । अस्पताल निर्माणका लागि कोशी प्रदेश सरकारले ४० करोड रुपैयाँ विनियोजन गरेको छ । २०८० असार २४ गते ठेक्का सम्झौता भएको अस्पतालको २०८३ असार २४ गते नि...
धनकुटाको सहिदभूमिमा पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु

धनकुटाको सहिदभूमिमा पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-४ स्थित हिले–खोकु सडक खण्डमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काका अनुसार स्थानीय टाइजन विश्वकर्माको मृत्यु भएको हो । गएराति खोकुतर्फ जाँदै गरेको को १ ज ३११८ नम्बरको पिकअपले विश्वकर्मालाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको खड्काले जानकारी दिए । पिकअप चालकल...
धनकुटाको लेगुवामा हायस दुर्घटना

धनकुटाको लेगुवामा हायस दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवामा हायस दुर्घटना भएको छ । काठमाडौंबाट यात्रु लिएर सङ्खुवासभाको खाँदबारी तर्फ जाँदै गरेको हायस आज दिउँसो दुर्घटनामा परेको हो । हायसमा १८ जना यात्रु थिए । जसमध्ये तीन जना यात्रु सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए । उनीहरूको स्थानीय क्लिनिकमा उपचार भएको र अवस्था सामान्य रहेको खड्काले संगालोखबरल...
धनकुटामा बढ्यो दशैंको चहलपहल (फोटो फिचर)

धनकुटामा बढ्यो दशैंको चहलपहल (फोटो फिचर)

धनकुटा । धनकुटामा दशैंको चहलपहल सुरु भएको छ । घटस्थापनादेखि नै गाउँघरबाट किनमेल गर्न आउने ग्राहकको भीड बढ्दै गएपछि व्यापारी उत्साहित भएका छन् । यस्तै गाउँघरबाट खसीबोका बेच्न आउने व्यापारीहरू पनि बढिरहेका छन् । गत वर्षको तुलनामा यसपटक धनकुटामा दशैंको चहलपहल बढेको स्थानीय विक्रम पौडेलले बताए । केहिदिन अघिको अविरल वर्षाले केही असहज परिस्थिति निम्त्याए पनि विस्तारै जनजीवन सामान्य बन्दै गएको उनको ...
error: Content is protected !!