चौबिसे गाउँपालिकाको बजेट ४८ करोड, पर्यटन विकासलाई प्राथमिकता
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको मङ्गलबार सम्पन्न १७ औं अधिवेशनमा ४८ करोड ८४ लाख ४३ हजार बराबरको बजेट प्रस्तुत गरिएको हो ।
चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष टंकमायाँ पाङ्मी मगरले बजेट प्रस्तुत गरेकी हुन् ।
कुल बजेटमध्ये चालु खर्चतर्फ ६३ दशमलव ८० प्रतिशत र ...































