सहिदभूमिका युवा एक महिनादेखि बेपत्ता

सहिदभूमिका युवा एक महिनादेखि बेपत्ता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-२ छिन्ताङका युवा हरी कार्की एक महिना अघिदेखि बेपत्ता छन् । गुठिखेत घर भएका २७ वर्षीय कार्की गत असोज २७ गतेबाट परिवारसँग सम्पर्कविहीन भएका हुन् । परिवार स्रोतका अनुसार दशैं टीकाको दिनसम्म उनी घरमै थिए । टीकाको भोलिपल्टबाट उनी बेपत्ता भएको हरीका दाजु रुद्रबहादुरले जानकारी दिए । ‘टीकाको भोलिपल्टबाट भाइ सम्पर्कमा छैन, कहाँ छ, के भयो केही अत्तोपत्तो छैन,’ दाजु र...
गाउँमै डेरी खुलेपछि महालक्ष्मीका कृषक हर्षित

गाउँमै डेरी खुलेपछि महालक्ष्मीका कृषक हर्षित

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ स्थित मूलखर्कका कृषक दूध बेच्न घण्टौँ हिँड्नुपर्थ्यो । डेरी टाढा भएकाले हिँड्नु उनीहरूको बाध्यता थियो । स्थानीय सिताराम कटवालले डेरी सञ्चालनमा ल्याएपछि भने दुग्ध कृषकको बाध्यता हटेको छ । करिब तीन वर्ष अघि कटवालले एक सय ५० लिटर दूध सङ्कलन गर्न सक्ने गरी डेरी सञ्चालन गरेका थिए । अघिले दैनिक आठ सय लिटरभन्दा बढी दूध सङ्कलन गर्न थालेका छन् । उनले स्थानीय दुई ...
ओझेलमा लेगुवा झरना (फोटो फिचर) 

ओझेलमा लेगुवा झरना (फोटो फिचर) 

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ र ३ को सिमानामा रहेको लेगुवा झरना ओझेलमा परेको छ । प्रचारप्रसार र संरक्षणको अभावमा यो झरना ओझेलमा परेको हो । स्थानीय सरकारले प्रचारप्रसार र संरक्षणमा ध्यान दिएमा यो स्थान पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
३८ हजार गाँजाको बोट फडानी गरी नष्ट

३८ हजार गाँजाको बोट फडानी गरी नष्ट

विराटनगर । धनकुटा र भोजपुरमा अवैध रूपमा लगाइएको गाँजा प्रहरीले फडानी गरेर नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरगत गाँजाको बोट नष्ट गरिएको हो । अवैध रूपमा लगाइएको र आफैँ उम्रिएका ३८ हजार गाँजाको बोट फडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ । हिजो इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट खटिएको प्रहरी टोलील...
धनकुटामा मासिँदै चौतारा र वरपीपल

धनकुटामा मासिँदै चौतारा र वरपीपल

धनकुटा । केही वर्ष पहिलासम्म पितृको सम्झनामा पाटीपौवा र चौतारा बनाउने चलन थियो । उक्त स्थानमा वर पीपल पनि रोपिन्थ्यो । तर पछिल्लो समय यो चलन हराउँदै गएको छ । विकास निर्माण, बढ्दै गएको आधुनिकता, शहरीकरण र यातायातको विस्तारले नेपालीको मौलिक संस्कृति तथा परम्परा लोप हुँदै गएको हो । धनकुटाका धेरै स्थानमा निर्माण भएका पाटीपौवा र चौतारा संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् । रोपिएका वरपीपल पनि मासिन थ...
धनकुटाका जोर धरहरा : कसले किन बनाए ?

धनकुटाका जोर धरहरा : कसले किन बनाए ?

धनकुटा । धनकुटा नगरपालिका-५ तल्लो टुँडिखेलको पूर्वोत्तर दिशामा गोल पोष्टसँगै दुई स्तम्भ छन् । जुन स्तम्भ जोर धरहराका नामले परिचित छन् । यी स्तम्भलाई काठमाडौंको समकालीन धरहराका रूपमा लिइन्छ । तर यी धरहराको कुनै अभिलेख भने भेटिएको छैन । करिब १० फिट अग्ला जोर धरहराबाट कुनै बेला आर्मीहरूले कवाज हेर्ने र समस्या पर्दा बिगुल फुक्ने गरेको जानकारहरू बताउँछन् । २०७२ सालको भुकम्पले भत्काएको काठमाडौं धरहर...
च्याउ फर्ममा लागेको आगो तीन घण्टापछि नियन्त्रण

च्याउ फर्ममा लागेको आगो तीन घण्टापछि नियन्त्रण

धनकुटा । धनकुटा नगरपालिका-६ पात्लेखोलास्थित च्याउ फर्ममा लागेको आगो नियन्त्रण भएको छ । आज अपरान्ह करिब ४ बजेबाट सुरु भएको आगलागी साँझ करिब ७ बजे नियन्त्रणमा आएको हो । आगो निभाउन दमकल, प्रहरी र स्थानीयवासीलाई तीन घण्टा लागेको थियो । कमल राईले सो च्याउ फर्म सञ्चालन गरेका हुन् । च्याउ खेतीका लागि राखिएको परालमा धेरै क्षति पुगेको छ । आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको...
पात्लेखोलाको च्याउ फर्ममा आगलागी

पात्लेखोलाको च्याउ फर्ममा आगलागी

धनकुटा । धनकुटा नगरपालिका-६ पात्लेखोलास्थित च्याउ फर्ममा आगलागी भएको छ । कमल राईले सञ्चालन गरेको फर्ममा आज अपरान्ह करिब ४ बजेबाट आगलागी सुरु भएको हो । धनकुटा नगरपालिकाको दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । ‘दुई वटा दमकलसहित प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिएका छन्,’ प्रहरी निरीक्षक खड्काले संगालोखबर...
पाख्रीवासमा पहिरोका कारण परिवार गुमाएकालाई एमालेद्वारा एक लाख सहयोग

पाख्रीवासमा पहिरोका कारण परिवार गुमाएकालाई एमालेद्वारा एक लाख सहयोग

धनकुटा । पहिरोमा परेर परिवारका सदस्य गुमाएका धनकुटाको पाख्रीवास नगरपालिका-५ गुराँसेका सन्तोष तामाङको परिवारलाई नेकपा एमालेले आर्थिक सहयोग गरेको छ । एमाले पाख्रीवास नगर सङ्गठन कमिटीले मङ्गलबार तामाङको परिवारलाई १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको हो । एमाले नेताहरूले तामाङको घरमै पुगेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहयोग रकम प्रदान गरेका छन् । एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चा...
धनकुटामा यसरी गरियो भीड नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास (फोटो फिचर) 

धनकुटामा यसरी गरियो भीड नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास (फोटो फिचर) 

धनकुटा । धनकुटामा भीड नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म छिन्ताङको सहकार्यमा अभ्यास गरिएको हो । भिडभाड र आन्दोलनलाई ध्यानमा राखेर अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए । हुलदंगालाई नियन्त्रणमा लिदाँ सकेसम्म क्षति हुन नदिने र भएमा कसरी न्यून गर्ने भने...
राजारानीमा अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुँदै

राजारानीमा अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुँदै

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक संस्था हाम्रो राजारानी भेट्रानले राजारानीमा पत्रकार सम्मेलन गर्दै आगामी कात्तिक २७ गतेबाट प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो । स्वर्गीय ज्ञानबहादुर र बुद्धिमाया लिम्बूको स्मृतिमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र यूकेको भेट्रा...
तिहार नजिकिएसँगै मादल बनाउन भ्याइ नभ्याइ

तिहार नजिकिएसँगै मादल बनाउन भ्याइ नभ्याइ

धनकुटा । तिहार नजिकिएसँगै छोटे सार्की यतिबेला व्यस्त छन् । मादल बनाउने सीप भएका छोटे माग बढेसँगै व्यस्त भएका हुन् । अहिले उनलाई खाना खाने समेत फुर्सद छैन । माग बढेपछि समयमै मादल बनाइ सक्नुपर्ने बाध्यताका बावजुत अन्य दुई जनासँग पनि उनले सहयोग लिइरहेका छन् । धनकुटा नगरपालिका-१ गैरी टोलका छोटेले अहिले मादल बनाउन छोरा निरबहादुर र भान्जा रमेश रोकाको सहयोग लिइरहेका छन् । छोटे भन्छन्, ‘यो बेला निक्कै ...
धनकुटामा बस पल्टिँदा २६ जना घाइते

धनकुटामा बस पल्टिँदा २६ जना घाइते

धनकुटा । धनकुटामा बस दुर्घटना भएको छ । कोशी राजमार्ग अन्तरगत धरान–धनकुटा सडकखण्ड स्थित साँगुरीगढी-६ कोलबोटेमा भएको दुर्घटनामा २६ जना घाइते भएका छन् । आज धरानबाट धनकुटाको सान्नेतर्फ जाँदै गरेको को १ ख २७५५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट ५० मिटर तल खसेको छ । प्रहरीका अनुसार घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स...
धनकुटामा महिला मृत फेला

धनकुटामा महिला मृत फेला

धनकुटा । धनकुटा नगरपालिका-३ स्थित डाँडागाउँमा महिला मृत भेटिएकी छन् । आज बिहान देबराज राईको घरको बरण्डामा सुतेको अवस्थामा महिला मृत भेटिएकी हुन् । अन्दाजी ५०/५५ वर्षीया उनको पहिचान भने खुलिनसकेको धनकुटा प्रहरीले जनाएको छ । बाटुली दर्जी भनेर बोलाउने गरेको खुलेको र कहिलेकाँही उनी सोही घरमा आएर बस्ने गरेको खुलेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । उनले संगालोखबरसँग भने, ‘तीन दि...
वडा सदस्यको निधन भएपछि चौबिसेमा शोक बिदा

वडा सदस्यको निधन भएपछि चौबिसेमा शोक बिदा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा आज शोक बिदा दिइएको छ । चौविसे-१ का निर्वाचित वडा सदस्य नरबहादुर मगरको निधन भएपछि गाउँपालिकाले एक दिन शोक बिदा दिएको हो । मगर, गत २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्य निर्वाचित भएका थिए । उनी गाउँसभा सदस्य पनि थिए । मुटु सम्बन्धी समस्याबाट ग्रसित उनको गत मंगलबार निधन भएको हो । वडासदस्यको निधन भएको दुखद घडीमा शोक बिदा दिइएको गाउँप...
धनकुटाको चानुवाका थापाद्वारा जन्मदिनमा ९० विद्यार्थीलाई स्विटर प्रदान

धनकुटाको चानुवाका थापाद्वारा जन्मदिनमा ९० विद्यार्थीलाई स्विटर प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-३ चानुवाका युवा राजकुमार थापाले जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई स्विटर प्रदान गरेका छन् । चानुवास्थित सरस्वती माध्यमिक विद्यालयका ९० जना विद्यार्थीहरूलाई थापाले स्विटर प्रदान गरेका हुन् । विद्यालयमा कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई स्विटर प्रदान गरिएको थापाले बताए । ‘जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यार्थीहरूलाई सहयोग गरौँ भन्ने लागेर स्विटर किनिद...
हिलेमा वृहत सांस्कृतिक कार्यक्रम हुने

हिलेमा वृहत सांस्कृतिक कार्यक्रम हुने

धनकुटा । धनकुटाको हिलेमा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हिले ब्याडमिन्टन क्लबको आयोजनामा कात्तिक १४ गते कार्यक्रम हुन लागेको हो । तीन महिना पछि हुने तेस्रो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको सहयोगार्थ कार्यक्रम गर्न लागिएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका बहुचर्चित तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक क्लबका अध्यक्ष आशिष त...
एमालेको दोष काङ्ग्रेसले बोकेर हिँड्न सक्दैन : डा. डिला संग्रौला 

एमालेको दोष काङ्ग्रेसले बोकेर हिँड्न सक्दैन : डा. डिला संग्रौला 

धनकुटा । नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य डा.  डिला सङ्ग्रौलाले सत्ता साझेदार दल नेकपा एमालेले गरेका हरेक गल्तिको भारी काङ्ग्रेसले बोकेर हिँड्न नसक्ने बताएकी छन् । उनले एमालेसँगको सहकार्य आस्थायी भएको बताउँदै आगामी चुनावमा काङ्ग्रेस एक्लै लड्ने समेत बताइन् । पार्टीले सञ्चालन गरेको सय दिने अभियानका क्रममा धनकुटा आइपुगेकी उनले पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् । भ्रष्टाचारमा मुछिएका जुनसुकै ...
धनकुटाको बक्रकुण्ड मन्दिरबाट देखिएको सुन्दर दृष्य (फोटो फिचर)

धनकुटाको बक्रकुण्ड मन्दिरबाट देखिएको सुन्दर दृष्य (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-१ बक्रकुण्ड मन्दिरबाट हिमशृङ्खलासँगै अन्य मनै लोभ्याउने दृष्य देख्न सकिन्छ । खुलेको मौसममा लोत्से र मकालु हिमालसँगै पाख्रिबास नगरपालिका-१० उत्तरपानीको दृष्य यस्तो देखिएको छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
सिधुवामा अनुगमनका क्रममा भेटिए म्याद गुज्रिएका पेय पदार्थ

सिधुवामा अनुगमनका क्रममा भेटिए म्याद गुज्रिएका पेय पदार्थ

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजारमा अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री भेटिएका छन् । आज घरेलु तथा साना उद्योग कार्यालय धनकुटा, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाले संयुक्त रूपमा गरेको अनुगमनमा म्याद गुज्रिएका सामग्री भेटिएको हो । होटल, इन्धन, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलहरूमा...
सहिदभूमिमा खाना पकाउने क्रममा आगलागी 

सहिदभूमिमा खाना पकाउने क्रममा आगलागी 

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ स्थित एउटा घरमा आगलागी भएको छ । आज डाँडागाउँ स्थित थामशेर राईको फुसको छानो भएको एक तले घरमा खाना पकाउने क्रममा आगलागी भएको हो । आगलागीबाट आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, कागज पत्र र नगदसहित घरमा भएका सम्पूर्ण सामान नष्ट भएका प्रहरीले जनाएको छ । १२ बजे लागे...
धनकुटामा प्लाष्टिकको माला र फूल बिक्रीमा रोक लगाइने

धनकुटामा प्लाष्टिकको माला र फूल बिक्रीमा रोक लगाइने

धनकुटा । तिहार नजिकिएसँगै धनकुटा नगरपालिकामा प्लाष्टिकको माला र फूल बिक्रीमा प्रतिबन्ध लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सर्वपक्षीय बैठकले प्लाष्टिकको माला र फूल बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । स्थानीय कृषकले उत्पादन गरेको फूल बिक्री नहुने भएपछि यस्तो निर्णय गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । बजार तथा पसलमा प्लाष्टिकका माला र...
धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण

धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण

धनकुटा । धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण कार्यक्रम हुने भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले टुँडिखेल नजिक रहेको आफ्नै भवनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो । आजबाट सात दिनसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी निर्मलाले जानकारी दिइन् । सो सेवा केन्द्रले आज बिहान पत्रकार भेटघाट कार्यक्रम आ...
अशक्तलाई गाउँमै पुगेर नागरिकता प्रदान

अशक्तलाई गाउँमै पुगेर नागरिकता प्रदान

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले शारीरिक रुपमा अशक्त व्यक्तिहरूलाई गाउँमै पुगेर नागरिकता प्रदान गरेको छ । साँगुरीगढी गाउँपालिका-९ र १० नम्बर वडाका छ जना अपाङ्गता भएका व्यक्तिहरूलाई नागरिकता प्रदान गरिएको हो । नागरिकता पाउनेमा साँगुरीगढी-९ आहालेका ६२ वर्षीया धनमाया राई, ५२ वर्षीया सरीमाया राई, ५३ वर्षीया ईलास राई, ४७ वर्षीया पूर्णमाया सार्की, साँगुरीगढी-१० का ५३ वर्षीय राई बहादुर राई, ५...
धनकुटामा बस र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

धनकुटामा बस र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

धनकुटा । धनकुटामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक तेह्रथुम छथर गाउँपालिका–६ का ५४ वर्षीय नेत्र कट्टेल सामान्य घाइते भएका हुन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिजो हिले सिरानमा धरानबाट तेह्रथुम जाँदै गरेको बा २ ख ७२४४ नम्बरको यात्रुवाहक बस र सोही दिशातर्फ जाँदै गरेको को ३८ प ४३५९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । बस चा...
प्रभावकारी बन्दै बङ्गुरको कृत्रिम गर्भधारण 

प्रभावकारी बन्दै बङ्गुरको कृत्रिम गर्भधारण 

धनकुटा । धनकुटाको पाख्रिबासमा बङ्गुरको कृत्रिम गर्भधारण प्रभावकारी बन्दै गएको छ ।  राष्ट्रिय बङ्गुर अनुसन्धान अन्तरगत बङ्गुरको ताजा वीर्य सङ्कलन गरेर गरिने कृत्रिम गर्भधारण प्रभावकारी बन्दै गएको हो । कृषि अनुसन्धान केन्द्र पाख्रिबासले सुरु गरेको यो कार्यले बङ्गुरको अनुवांशिक शुद्धता परीक्षणसँगै बङ्गुरपालक किसानलाई थप फाइदा पुर्याएको छ । २०७८ सालदेखि सुरु गरिएको कार्यक्रमले बङ्गुरपालक कृषकलाई सम...
धनकुटाका आठपहरिया समुदायले मनाउँदैनन् दशैं 

धनकुटाका आठपहरिया समुदायले मनाउँदैनन् दशैं 

धनकुटा । आठपहरिया समुदाय धनकुटामा मात्रै बसोबास गर्छन् । यो समुदाय धनकुटा बाहेक अन्य स्थानमा नरहेको बताइन्छ । धनकुटाका विभिन्न स्थानमा आठपहरिया समुदायका करिब ६ हजार मानिसको बसोबास छ ।  यो समुदायका मानिसले दशैं कहिल्यै मनाउँदैनन् । दशैं आउना साथ उनीहरूलाई सांस्कृतिक सहिदद्वय रामलिहाङ र रिदामको सम्झना आउँछ । कारण, जंगबहादुर राणाको समयमा उनीहरूलाई झुण्डयाएर मृत्युदण्ड दिइएको थियो ।   उनीहरूले दशै...
धनकुटामा भव्य भयो फूलपाती बढाइँ (फोटो फिचर)

धनकुटामा भव्य भयो फूलपाती बढाइँ (फोटो फिचर)

धनकुटा । धनकुटामा फूलपाती बढाइँ गरिएको छ । आज बिहान प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमापछि तल्लो टुँडिखेलमा पूजाआजा पछि फूलपाती बढाइँ गरिएको हो । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
धनकुटाको साम्बु गाउँ, जहाँ माछामासु चल्दैन !  

धनकुटाको साम्बु गाउँ, जहाँ माछामासु चल्दैन !  

धनकुटा । पुरै गाउँ शाकाहारी ! यो वाक्य सुन्दा जो–कोहीलाई अचम्म लाग्न सक्छ । धेरैलाई त विश्वास पनि नलाग्ला । तर धनकुटामा एउटा यस्तो गाउँ छ, त्यहाँका सबै घरपरिवार शाहाकारी छन् । उनीहरू माछामासु नखाने मात्र हैन पशुपक्षी समेत पाल्दैनन् । यो गाउँ सहिदभूमि गाउँपालिका-२ मा पर्दछ । साम्बु गाउँले परिचित यस ठाउँमा करिब डेढ सय घरपरिवार बस्छन् । उनीहरू माछामासु खायो भने पाप लाग्ने विश्वास गर्छन । राँगा, बङ...
धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-७ श्रीवानी सब्जीलाइनबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका-४ घर भई श्रीवानीमा कोठा भाडामा बस्दै आएका निर्मल विश्वकर्मा र धनकुटा-७ बस्ने विजय मल्लिक छन् । निर्मलको कोठामा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गएराती करिब ११ः३० बजे उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट खैरो हिरोइन, ट्रामनिल, ...
धनकुटामा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास (फोटो फिचर)

धनकुटामा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास (फोटो फिचर)

धनकुटा । धनकुटामा सडक दुर्घटनाबाट हुन सक्ने मानवीय क्षति कम गर्न कृत्रिम अभ्यास गरिएको छ । धनकुटा नगरपालिका-७ स्थित जिरो प्वाइन्टमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय धनकुटाले  संयुक्त रूपमा कृत्रिम अभ्यास गरेका हुन् । अभ्यासका क्रममा मोटरसाइकल र सुमो ठोक्किएर दुर्घटना भएको नमुना प्रस्तुत गरिएको थियो । मोटरसाइकलमा सवार दुई जनाले ट्राफिक नियम पालना नगरी सवारी कुदाएको र दुई सवारी एक...
error: Content is protected !!