धनकुटाको कान्तिपुर ट्राभल्स मनी ट्रान्सफरमा चोरी

धनकुटाको कान्तिपुर ट्राभल्स मनी ट्रान्सफरमा चोरी

धनकुटा । धनकुटा नगरपालिका-६ शिव पार्क नजिकै रहेको कान्तिपुर ट्राभल्स मनी ट्रान्सफरमा चोरी भएको छ । कृष्ण प्रसाद दाहालले जमुना श्रेष्ठको घरमा सटर भाडा लिएर सञ्चालन गर्दै आएको मनी ट्रान्सफरमा चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आज बिहान ९ बजेतिर चोरी भएको भनेर खबर आएको थियो । सटरको चाबी अड्काउने ठाउँमा फोडेर भित्र पसी सिसी क्यामेराको डीभीआर बक्स र...
एमाले महालक्ष्मी नगरको अध्यक्षमा कमल कार्की विजयी

एमाले महालक्ष्मी नगरको अध्यक्षमा कमल कार्की विजयी

धनकुटा । नेकपा एमाले महालक्ष्मी नगर कमिटीको अध्यक्षमा कमल कार्की निर्वाचित भएका छन् । नगरको दोस्रो अधिवेशनमा आज भएको मतदानबाट ११७ मत प्राप्त गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । उनले विष्णुप्रसाद दाहाललाई २२ मतान्तरले पराजित गरेका छन् । दाहालले ९५ मत पाएका छन् । सहमति जुट्न नसकेपछि अध्यक्ष र सचिव पदमा मतदान गरिएको थियो । ७५ सदस्यीय नगर कमिटीमा तीन पदाधिकारीसहित ७३ पद सर्वसम्मत चयन गरिएक...
धनकुटाका पत्रकारसँग बीमा सम्बन्धी अन्तरक्रिया

धनकुटाका पत्रकारसँग बीमा सम्बन्धी अन्तरक्रिया

धनकुटा । धनकुटाका पत्रकारहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले बीमा क्षेत्रका समस्याहरू बुझेर समाधान खोज्न पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा सहभागि पत्रकारहरूले जीवन बीमा र निर्जीवन बीमा क्षेत्रमा देखिएका समस्याहरू जानकारी गराउँदै समाधानका उपायका विषयमा सुझाव दिएका छन् । सो अवसरमा बीमा प्राधिकरणका कोशी प्रदेश प्...
धनकुटामा सुरु भयो भलिबल उत्सव तथा रमाइलो मेला

धनकुटामा सुरु भयो भलिबल उत्सव तथा रमाइलो मेला

धनकुटा । धनकुटामा भलिबल उत्सव तथा रमाइलो मेला सुरु भएको छ । जिल्ला भलिबल संघको आयोजनामा धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबारदेखि उत्सव सुरु भएको हो । पूर्व राज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले रेफ्रीलाई बल हस्तान्तरण गरेर भलिबल उत्सव उद्‌घाटन गरेका छन् । महिला भलिबल तर्फको उद्‌घाटन खेलमा पाख्रीवासलाई २५-१० र २५-११ को सोझो सेटमा पराजित गर्दै सहिदभूमि गाउँपालिका विजयी भएको छ । १५ दिन अर्था...
पर्यटकको पर्खाइमा धनकुटाको चौबिसे

पर्यटकको पर्खाइमा धनकुटाको चौबिसे

धनकुटा । धनकुटा जिल्ला पूर्वी नेपालको मुख्य पर्यटकीय गन्तव्य मध्येमा पर्दछ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बाक्लो हुने गरेको छ । जिल्लाका विभिन्न पर्यटकीय स्थल चर्चामा रहेपनि केही स्थानका पर्यटकीय स्थल भने ओझेलमा परेका छन् । चौबिसे गाउँपालिकामा पर्यटकीय गन्तव्यको सम्भावना बोकेका थुप्रै स्थानहरू छन् । तर पर्याप्त प्रचार-प्रसारको अभावमा ओझेलमा परेका छन् । भेडेटार-रवि-रा...
धनकुटामा दुई जनामाथि छुरा प्रहार

धनकुटामा दुई जनामाथि छुरा प्रहार

धनकुटा । धनकुटामा नयाँ वर्षको दिन दुई जनामाथि छुरा प्रहार भएको छ । धनकुटा नगरपालिका-५ बिहिबारे हटिया नजिकै सोही स्थानका १७ वर्षीय कुशल राई र १७ वर्षीय आयुष राईमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कुशलको टाउको र ढाडमा तथा आयुषको गर्धन र बायाँ पाखुरामा चोट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । ...
धनकुटाको साँगुरीगढीमा महिलाको शव फेला

धनकुटाको साँगुरीगढीमा महिलाको शव फेला

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-१० स्थित घम्सी खोलामा एक महिलाको शव फेला परेको छ । आज दिउँसो अन्दाजी ४५ वर्षकी महिलाको शव फेला परेको हो । प्रहरीका अनुसार महिलाको पहिचान खुल्न बाँकी छ । प्रहरी चौकी त्रिवेणी धनकुटाबाट प्रहरी सहायक निरीक्षक राजेन्द्र राईको कमान्डमा खटिएको टोलीले बाटोबाट अन्दाजी ४०-५० मिटर तल शव फेला पारेको थियो । पहिचान हालसम्म खुल्न नसके पनि उनी मानसिक सन्तुलन ठिक नभएकी ...
धनकुटाको महालक्ष्मीले दोस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

धनकुटाको महालक्ष्मीले दोस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा भएको १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महालक्ष्मी नगरपालिका प्रथम भएको छ । पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा सबैभन्दा बढी खेलमा विजयी भई महालक्ष्मी प्रथम भएको हो । १४ औं संस्करणमा पनि सर्वाधिक पदक जित्दै महालक्ष्मी प्रथम भएको थियो । महालक्ष्मीले सर्वाधिक ३१ स्वर्ण, २५ रजत र ८ कांस्य गरी जम्मा ६...
घरमै लडेर घाइते भएकी महिलाको मृत्यु

घरमै लडेर घाइते भएकी महिलाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-७ पाखा टोलकी एक महिलाको लडेर मृत्यु भएको छ । गत चैत २२ गते आफ्नै घरको पेटीबाट चिप्लिएर लडेकी ५० वर्षीया कल्पना राईको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो । प्रहरीका अनुसार घरको पेटीबाट लडेर करिब ५० मिटर तल खसेकी उनको टाउको, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ध...
राजारानीमा सुरु भयो १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

राजारानीमा सुरु भयो १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा आजबाट १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । चौबिसे गाउँपालिकाको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समितिले स्थानीय पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना गरेको हो । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बेलुन उडाएर प्रतियोगिता उद्‌घाटन गरेका छन् । प्रतियोगिता उद्‌घाटन गर्दै स...
जनतामा निराशा छर्न अफवाह फैलाउने काम हुँदैछ : नेता राजेन्द्र राई

जनतामा निराशा छर्न अफवाह फैलाउने काम हुँदैछ : नेता राजेन्द्र राई

धनकुटा । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईले अहिले अफवाह फैलाएर जनतामा निराशा पैदा गर्ने काम भइरहेको बताएका छन् । नेकपा एमाले महालक्ष्मी नगरपालिका धनकुटाकाे दाेस्राे नगर अधिवेशनलाई संवाेधन गर्दै पूर्वमन्त्री राईले वास्तविकता लुकाएर गलत अफवाह फैलाउने कामले समस्या सृजना गरिरहेकाे बताएका हुन् । देशमा विकासले गति लिँदै गइरहेको उदाहरण दिदैँ नेता राईले भ्रम फैलाउनेहरुसँग...
धनकुटाको सुरुङ्गीबाट धरानसम्म नियमित बस सेवा सुरु

धनकुटाको सुरुङ्गीबाट धरानसम्म नियमित बस सेवा सुरु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ सुरुङ्गीमा नियमित बस सेवा सुरु भएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले बस सेवाको उद्‌घाटन गरेका हुन् । धरानबाट नियमित कुरुले, मानेडाँडा हुँदै बस सुरुङ्गी पुग्नेछ भने सुरुङ्गीबाट धरान जानेछ । ‘यसअघि परीक्षणको रूपमा बस सञ्चालन भएको भएपनि औपचारिक रूपमा सञ्चालनमा आएको थिएन’, वडा नम्बर ४ का वडाध्यक्ष लोकेन्द्र थापा मगरले...
भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ

भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ परेका छन् । प्रहरीले आज बिहान चेकजाँचको क्रममा उनीहरूलाई फरक-फरक सवारीसाधनबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-७ की ४९ वर्षीया सीता कार्की र ४२ वर्षीया इन्दिरा राई रहेका छन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार कार्कीलाई बिहान करिब १०ः५० बजे अखुवाबाट धरानतर्फ जाँ...
मुढेबासको मगर संग्रहालय ओझेलमा

मुढेबासको मगर संग्रहालय ओझेलमा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२, मुढेबासस्थित डाँडागाउँमा रहेको मगर जातिको परम्परा, संस्कृति र इतिहास समेटिएको संग्रहालय प्रचार र पूर्वाधारको अभावले ओझेलमा परेको छ । करिब एक सयभन्दा बढी पुराना र लोपोन्मुख सामग्रीहरू सङ्कलन गरिए पनि यहाँको मौलिक धरोहर हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या न्यून छ । चार वर्षअघि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ बजेटमा सुरु...
धनकुटा नगरपालिकाले उठिवास हुन लागेका आठपहरियाहरूको ऋण तिरिदिने

धनकुटा नगरपालिकाले उठिवास हुन लागेका आठपहरियाहरूको ऋण तिरिदिने

धनकुटा । धनकुटा नगर क्षेत्रका अल्पसङ्ख्यक आठपहरियाहरूको ऋण धनकुटा नगरपालिकाले तिरिदिने भएको छ । ऋण तिर्न नसकेर उठिवास हुन लागेका उनीहरूको ऋण नगरपालिकाले तिरिदिन लागेको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले समस्यामा परेका दुई सय ९८ परिवारको ऋण नगरपालिकाले तिर्ने जानकारी दिएका छन् । धनकुटामा आयोजित एकल जातीहरूको सांस्कृतिक पहिचान सम्बन्धी कार्यक्रममा बोल्दै मेयर तामाङले चालु आर्थिक वर्षमा ...
राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित

राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित भएका छन् । युवा संघको आज सम्पन्न नौं जिल्ला अधिवेशनबाट अध्यक्षमा राई सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनले देवीको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । समितिको उपाध्यक्षमा सुवास तामाङ, सचिवमा सुरेश लिम्बू, उपसचिवमा राजेन्द्र थापा, नि...
धनकुटाको जोरपाटीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

धनकुटाको जोरपाटीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । छथर जोरपाटी गाँपालिका-३ करुन्नेका २८ वर्षीय रामकृष्ण लिम्बु एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । आज बिहान ९ः३० बजेको समयमा गोप्य सूचनाका आधारमा प्रहरी चौकी जोरपाटीबाट प्रहरी सहायक निरीक्षक खड्ग गौतमको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बन्दुकमा बारुद पनि लोड गरिएको थियो । उनलाई जिल्ला प्र...
धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोड बढीको क्षति

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोड बढीको क्षति

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-९ उत्तरपानीमा आगलागी हुँदा ११ करोड बढीको क्षति भएको छ । शनिबार राति अचानक भएको आगलागीबाट तीन घर जल्दा ११ करोड ६ लाख बराबरको क्षति भएको हो । स्थानीय अमर श्रेष्ठको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट श्रेष्ठको दुई तले घर र किराना पसल पूर्णरूपमा नष्ट हुँदा अर्को निर्माणाधीन पक्की घरको झ्याल, ढोका र वालमा पनि क्षति पुगेको छ । यस्तै नगद पाँच लाख पनि जलेर नष...
आदिवासी जनजातिको क्षेत्रमा काम गर्ने धनकुटाका पाँच जना सम्मानित

आदिवासी जनजातिको क्षेत्रमा काम गर्ने धनकुटाका पाँच जना सम्मानित

धनकुटा । धनकुटामा आदिवासी जनजातिको क्षेत्रमा काम गर्ने पाँच जना सम्मानित भएका छन् । धनकुटा नगरपालिकाका १२ एकल जातिहरूको सांस्कृतिक पहिचान सम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा गेहेन्द्र किमदाहाङ, दुर्गा लिंखा, पासाङ शेर्पा, श्रीकृष्ण प्रधान र स्व. कुलबहादुर तितुङ रहेका छन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा धनकुटा नगरपालिकाका मेयर च...
धनकुटाबाट गोरु काटेको आरोपमा एक जना पक्राउ

धनकुटाबाट गोरु काटेको आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटामा गोरु काटेको आरोपमा एक जना पक्राउ परेका छन् । आज बिहान धनकुटा नगरपालिका-१ निगाले तामाङ टोलका ४३ वर्षीय राजेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले आफ्नै घरमा गोरु काटेर मासु बेच्दै गरेको सूचना प्रहरी पाएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनको घरमा टुक्रा पारिएको आलो मासु र खुकुरी, अचानो लगायतका सामग्री फेला परेको थ...
सप्तरीको नमोबुद्धले जित्यो भीमनारायण गोल्डकपको उपाधि

सप्तरीको नमोबुद्धले जित्यो भीमनारायण गोल्डकपको उपाधि

धनकुटा । सप्तरीको नमोबुद्ध युथ फुटबल क्लबले १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आज भएको फाइनल खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई ट्राइबेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि चुमेको हो । नमोबुद्धलाई उपाधि दिलाउन ट्राइबेकरमा सनम धिमाल, आयुष मगर, हेमन्त भुजेल, विवेक राई र प्रवेश दनुवारले गोल गरे । गाईघाटका निश्चल मोक्तान, आकाश राई र प्र...
भीमनारायण गोल्डकप : उपाधिका लागि आज गाइघाट र नमोबुद्ध भिड्दै

भीमनारायण गोल्डकप : उपाधिका लागि आज गाइघाट र नमोबुद्ध भिड्दै

धनकुटा । १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधिका लागि उदयपुरको गाइघाट फुटबल क्लब र नमोबुद्ध क्लब सप्तरी आमनेसामने हुँदैछन् । धनकुटाको तल्लो टुँडिखेलमा आज दिउँसो हुने फाइनल खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । गाइघाटले सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने बिर्तामोड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै ...
भीमनारायण गोल्डकप: एपीएफलाई हराउँदै गाइघाट उपाधि नजिक

भीमनारायण गोल्डकप: एपीएफलाई हराउँदै गाइघाट उपाधि नजिक

धनकुटा । उदयपुरको गाइघाट फुटबल क्लब धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपको उपाधि नजिक पुगेको छ । आज भएको अन्तिम सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै गाइघाट फाइनल प्रवेश गरेको हो । खेल सुरु भएको एक मिनेट बित्न नपाउँदै एपीएफका युवराज खड्काले गोल गरेर टिमको खाता खोले । मध्यान्तरअघि एपीएफले १-० को अग्रता कायम राख्न सफल भयो । खेलको ६० औं मिनेटमा गाइघाटका किस्...
पर्यटन वर्ष २०८२ मा धनकुटालाई उच्च प्राथमिकतामा समेटिन्छ : मन्त्री मण्डल

पर्यटन वर्ष २०८२ मा धनकुटालाई उच्च प्राथमिकतामा समेटिन्छ : मन्त्री मण्डल

धनकुटा । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आउँदो पर्यटन वर्ष २०८२ मा धनकुटालाई उच्च मूल्याङ्कनका साथ समेटिने बताएका छन् । शुक्रबार विराटनगरस्थित कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालयद्वारा धनकुटामा आयोजित सरोकारवालासँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री मण्डलले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनका अनुसार, पर्यटन वर्ष २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । कार्य...
हाजिरी नपुगेको भन्दै ६ विद्यार्थी वार्षिक परीक्षा दिनबाट बञ्चित

हाजिरी नपुगेको भन्दै ६ विद्यार्थी वार्षिक परीक्षा दिनबाट बञ्चित

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ मुडेवास स्थित संयुक्त माध्यमिक विद्यालय टोक्रोम्बामा अध्ययनरत ६ जना विद्यार्थीलाई विद्यालयले वार्षिक परीक्षा दिनबाट बञ्चित गरेको छ । विद्यालय प्रशासनले न्यूनतम ७५ प्रतिशत उपस्थितिको मापदण्ड नपुगेको भन्दै उनीहरूलाई परीक्षाबाट बञ्चित गरेको हो । चैत्र १४ गतेदेखि सञ्चालनमा आएको वार्षिक परीक्षाबाट कक्षा ४ देखि ९ सम्मका विद्यार्थी प्रभावित भएका छन् । परीक्षा दिन ...
भीमनारायण गोल्डकप : आजको अन्तिम सेमिफाइनलमा एपीएफ र गाइघाट भिड्दै

भीमनारायण गोल्डकप : आजको अन्तिम सेमिफाइनलमा एपीएफ र गाइघाट भिड्दै

विराटनगर । सहिद भीमनारायण गोल्डकप अन्तरगत आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । आजको अन्तिम सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र गाइघाट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । धनकुटाको तल्लो टुँडिखेलमा ३ः३० बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ । सुनसरीको ब्वाइज फुटबल क्लबलाई १-० गोलले पराजित गर्दै गाइघाटले सेमिफाइनल यात्रा तय गरेको थियो भने मोरङको बेलबारी फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्द...
भीमनारायण गोल्डकप : पहिलो सेमिफाइनलमा आज बिर्तामोड र सप्तरी भिड्दै

भीमनारायण गोल्डकप : पहिलो सेमिफाइनलमा आज बिर्तामोड र सप्तरी भिड्दै

विराटनगर । धनकुटामा जारी १७ औं संस्करणको भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछन् । आजको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब, झापा र नमोबुद्ध युथ फुटबल क्लब, सप्तरी आमनेसामने हुनेछन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ः३० बजेबाट खेल सुरु हुनेछ । तेस्रो क्वार्टरफाइनलमा काठमाडौंको चित्लाङ्ग फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै बिर्त...
भीमनारायण गोल्डकप : बेलबारीको आत्मघाती गोलले एपीएफ पुग्यो सेमिफाइनलमा

भीमनारायण गोल्डकप : बेलबारीको आत्मघाती गोलले एपीएफ पुग्यो सेमिफाइनलमा

धनकुटा । मोरङको बेलबारी फुटबल क्लबका खेलाडीले आत्मघाती गोल गर्दा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । तल्लो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा बेलबारीलाई ३-२ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनल पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिम २-२ गोलको बराबरीमा थिए । खेलमा थपिएको अतिरिक्त ४ मिनेटको समयमा बेलबारीका विकु ...
भीमनारायण गोल्डकपमा दर्शकको घुँइचो (फोटो फिचर)

भीमनारायण गोल्डकपमा दर्शकको घुँइचो (फोटो फिचर)

धनकुटा । धनकुटामा जारी १७ औँ संस्करणको भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हेर्न दर्शकको घुँइचो लाग्न थालेको छ । चैत १७ गतेदेखि सुरु भएको प्रतियोगिता प्रति फुटबलप्रेमीहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । आज भएको सशस्त्र प्रहरी बल (एपीएफ) र बेलबारी फुटबल क्लब, मोरङबीचको प्रतिस्पर्धात्मक खेल हेर्न तल्लो टुँडिखेलमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । खेलको रोमाञ्चक माहोलले दर्शकलाई अझै उत...
‘ऋण नतिर्ने प्रवृत्तिले सहकारी सङ्कटमा’

‘ऋण नतिर्ने प्रवृत्तिले सहकारी सङ्कटमा’

धनकुटा । सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरूले समयमा फिर्ता नगर्दा सहकारीहरू थप सङ्कटमा परेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । आज धनकुटामा सम्पन्न ६८ औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा अभियन्ताहरूले सहकारी क्षेत्रमा देखा परेका चुनौतीबारे आवाज उठाएका हुन् । ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मदनचोकबाट सुरु भएक...
धनकुटाबाट कारमा राखेर लैजाँदै गरेको तीन सय किलो गाँजासहित एक जना पक्राउ

धनकुटाबाट कारमा राखेर लैजाँदै गरेको तीन सय किलो गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कामछेकबाट तीन सय किलो गाँजासहित गएराती एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राती करिब ११ बजे भेडेटार–रवि राँके सडक खण्डमा को १ च ३४७८ नम्बरको कारमा राखेर लैजाँदै गरेको अवस्थामा गाँजा फेला परेको हो । गाँजा फेला परेपछि गाँजासहित कारमा सवार विराटनगर-१५ का २६ वर्षीय पृन्सकुमार शाहलाई नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी ...
error: Content is protected !!