सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले हालसम्म चार हजार जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको छ । २० हजार चार सय २५ जनाको परिचय पत्र छापिएर आएको भएपनि सेवाग्राही नआउँदा वितरणमा समस्या भएको हो ।

प्रशासन कार्यालय धनकुटामा गत असार मसान्तसम्म ४२ हजार नागरिकले राष्ट्रिय परिचय पत्रको फारम भरेका थिए । जसमध्ये २० हजार चार सय २५ जनाको मात्रै परिचय पत्र छापिएर आएकोमा चार हजारले मात्रै लगेका छन् ।

Advertisement

बाँकी १५ हजार पाँच सय २५ राष्ट्रिय परिचयपत्र वितरण गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । परिचय पत्र थन्किएको लामो समय हुँदा पनि सेवाग्राही नआएका कार्यालयले जनाएको छ ।

कार्यालयले सेवाग्राही राष्ट्रिय परिचय पत्र लिन नआएपछि सूचना आव्हान गरेको छ । कार्यालयका अनुसार दैनिक ६० देखी ६५ जनाले राष्ट्रिय परिचय पत्र बनाउनका लागि फारम भर्ने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीमध्ये सबैभन्दा बढी राष्ट्रिय परिचय पत्रको फारम भर्ने हुन्छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!