
धनकुटा । धनकुटाका ६ वटा सामुदायिक तथा निजी वनलाई नगदसहित सम्मान गरिएको छ । वन दिवसको अवसरमा उत्कृष्ट सामुदायिक तथा निजी वनलाई सम्मान गरिएको हो ।
‘समयमै कार्ययोजना नवीकरण गरौँ, सामुदायिक वनलाई शक्तिशाली बनाऔं’ भन्ने मूल नाराका साथ वृक्षारोपण गर्दै उत्कृष्ट वनलाई सम्मान गरिएको छ । ससामुदायिकतर्फ पहिलो हुने पाख्रीबास नगरपालिका-२ सान्नेस्थित थामडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई नगद १५ हजारसहित सम्मान गरिएको छ ।
यस्तै दोस्रो हुने चौबिसे गाउँपालिका-८ स्थित जेफाले सामुदायिक वन उपभोक्ता समूहलाई नगद १२ हजार र तेस्रो हुने धनकुटा नगरपालिका-८ स्थित तमोर सामुदायिक वन उपभोक्ता समूहलाई नगद आठ हजार नगदसहित सम्मान गरिएको छ ।
निजीतर्फ पहिलो हुने छिन्ताङ देवी कृषि फर्म प्रालिलाई नगद १२ हजार, दोश्रो हुने अमृत बहादुर राना मगरलाई नगद १० हजार र तेस्रो हुने दिनेश श्रेष्ठलाई नगद आठ हजारसहित सम्मान गरिएको हो ।
उत्कृष्ट हुने सामुदायिक तथा निजी वनहरूलाई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ र डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीव राज ढकालले वनका अध्यक्षहरूलाई नगदसहिद सम्मान गरेका थिए ।
सोही अवसरमा धनकुटा नगरपालिका-३ कागतेमा रहेको सिल ढुंगा सामुदायिक वनमा विभिन्न प्रजातिका करिब चार बढी बिरुवा रोपिएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













