संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-६ का २७ वर्षीय अशोक राई छन् ।

धनकुटा नगरपालिका-१० उत्तरपानीमा डेरा गरेर बस्दै आएका राईको कोठामा खानतलासी गर्दा लागूऔषध र प्रतिबन्धित औषधी फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

धनकुटा प्रहरीका अनुसार उनको कोठाबाट ट्रामोल ६ सय १० पिस, प्रतिबन्धित औषधिहरू डेकोलिक पाँच सय ९० पिस,  स्पास्पेन ६० पिस, स्पाज्मो ९४ पिस र तपेन १० पिस बरामद गरिएको छ ।

साउन ३१ गते पक्राउ परेका राईविरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!