संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-८ टेकुनालामा पिकअप दुर्घटना भएको छ । टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गरेको को च २३०९ नम्बरको पिकअप केही समय अघि दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरूको संख्या यकिन हुँन बाँकी छ । करिब एक दर्जन व्यक्ति घाइते भएको धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।

Advertisement

‘घाइतेहरूलाई उद्धार गरेर अस्पताल पठाउँने काम भइरहेको छ, घाइतेको संख्या यकिन भइसकेको छैन,’ प्रहरी निरीक्षक किशोर तामाङले संगालोखबरसँग भने, ‘करिब एक दर्जन जति घाइतेहरूलाई अस्पताल पठाइएको छ ।’

घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । गम्भीर अवस्थाका केही घाइतेहरूलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

सो गाडीमा सवार अधिकांश यात्रु लाखे जात्रामा सहभागि हुन आउँदै थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!