संगालोखबर


धनकुटा । धनकुटा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । नेवार समुदायको महान चाड गाईजात्राको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

‘साउन २५ गते आइतबार गाईजात्रा पर्ने भएकाले सो दिन नगरभित्र वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थाहरू तथा नगर स्तरीय कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको छ’, प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचनामा भनिएको छ ।

Advertisement

सो दिन नगरपालिकाबाट अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह नहुने समेत सूचनामा उल्लेख गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!