सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाका विभिन्न सामुदायिक विद्यालयका ६ जना छात्र-छात्रालाई पुरस्कृत गरिएको छ । धनकुटा समागम काठमाडौं मार्फत जिल्लामा उत्कृष्ट नतिजा ल्याउने कक्षा १२ का विद्यार्थीहरूलाई मायादेवी विष्णुबहादुर श्रेष्ठ प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।

धनकुटा नगरपालिका-२ स्थित टंक माध्यमिक विद्यालयका कृति खड्का र सनम रानाले प्रोत्साहन पुरस्कार पाएका छन् । यस्तै धनकुटा नगरपालिका-१ स्थित हिले माध्यमिक विद्यालयका गृष्मा कटुवाल र इच्छा कार्की, जनकल्याण माध्यमिक विद्यालयका विनिता राई र सन्दिप पुर्वाछाने पुरस्कृत भएका हुन् ।

Advertisement

यसैगरी धनकुटा नगरपालिका-९ बेलहरास्थित देउराली माध्यमिक विद्यालयका विष्णुकुमार दमाईं, अनिल राई तथा गोकुण्डेश्वर माध्यमिक विद्यालयका सरुना इवाहाङ र चन्द्रकुमार कार्कीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

उनीहरूलाई जनही १०/१० हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको धनकुटा समागम काठमाडौंका संयोजक प्राध्यापक डा. विनोद पोखरेलले जानकारी दिए । उनका अनुसार धनकुटाका समाजसेवी रामनारायण श्रेष्ठलाई समेत मरणोपरान्त सम्मान गरिएको छ ।

अग्निबहादुर श्रेष्ठ, सविन श्रेष्ठ तथा संस्थाका संयोजक पोखरेल लगायतले उनीहरूलाई पुरस्कृत गरेका थिए । धनकुटा जन्मथलो भइ काठमाडौंमा बसोबास गर्दै आएकाहरूले संस्थामार्फत वार्षिकरूपमा पुरस्कार तथा सम्मान गर्दै आएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!