झापामा सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
झापा । झापाको कचनकवल गाउँपालिका-४ केचनामा सीटी सफारी र भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक कचनकवल गाउँपालिका-४ का ५० वर्षीय सुकदेव गणेशको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार सोमबार साँझ बनियानीबाट लोधाबारीतर्फ जाँ...






























