देशका विभिन्न कारागारबाट भागेका सात कैदी झापा प्रहरीको नियन्त्रणमा
विराटनगर । झापाबाट सात जना कैदी पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देशका विभिन्न कारागारबाट भागेका पाँच पुरुष र दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठका अनुसार पक्राउ पर्नेमा केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका कैदी छन् ।
‘केही कैदीलाई सिमानाकाबाट पनि नियन्त्रणमा लिइएको...























