संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको भद्रपुर नगरपालिका-५ र ६ बाट लागूऔषध ब्राउन सुगरसहित ७ जना पक्राउ परेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

भद्रपुर-६ बाट ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगरसहित सोही स्थानका ३१ वर्षीय श्रवण यादव, २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशी पक्राउ परेका छन् ।

यस्तै भद्रपुर-५ बसपार्क स्थितबाट १० ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित सोही स्थानका ३० वर्षीय सुभम साह, भद्रपुर-४ का ३० वर्षीय जयकरण कहार, भद्रपुर-६ का ३५ वर्षीय दुलाल सेख र २९ वर्षीय मोहम्द अमिर बाबु पक्राउ परेका छन् ।

उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!