संगालोखबर


झापा । झापाको बुद्धशान्ति गाउँपालिका-४ मा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीका सईसहित चार जना घाइते भएका छन् । आज दिउँसो चितुवाको आक्रमणबाट उनीहरू घाइते भएका हुन् ।

चितुवाको आक्रमणबाट सशस्त्र प्रहरी बल सुरक्षा बेस टिमाईका सई केदार श्रेष्ठ, बुद्धशान्ति-६ का ५० वर्षीय कृष्ण गजमेर, ५४ वर्षीय दुर्गाबहादुर कटुवाल र मेचीनगर नगरपालिका-१० का २६ वर्षीय विशाल कार्की घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Advertisement

उनीहरूमाथि आक्रमण गर्ने चितुवालाई स्थानीयले कुटपिट गरेर मारेका छन् । मकैबारीभित्र फेला परेको चितुवाले स्थानीयलाई आक्रमण गर्न खोजेपछि नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।

मृत चितुवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न डिभिजन वन कार्यालय झापामा राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!