संगालोखबर


विराटनगर । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरैमा कुटपिट भएको छ । गौरादह-५ राजपति चोक चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् ।

सुवेदीमाथि हातपात गर्ने सिटौला जापान बसेर आएको खुलेको छ । प्रहरीका अनुसार सिटौला सुवेदीको घरमै पुगेर विवाद गरेका थिए । सोही क्रममा मेयर सुवेदीमाथि हातपात भएको खुलेको प्रहरीले जनाएको छ ।

सुवेदी नेकपा एमालेबाट गौरादह नगरपालिकाको मेयरमा विजयी भएका थिए । सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!