
झापा । झापाको ह्याप्पी ल्यान्ड फनपार्कमा दुई समूहबीच झडप भएको छ । शनिबार दिउँसो डिजे बजाएर नाच्ने क्रममा दुई समूहबीच झडप भएको हो ।
झापा प्रहरीका अनुसार झडपमा पाँच जना घाइते भएका छन् । झापा गाउँपालिका-५ का १८ वर्षीय मानारुल आलम, १८ वर्षीय अन्सारुल अली, २० वर्षीय फिरोज अली, २० वर्षीय तामेजल खान र २४ वर्षीय समान शेख घाइते भएका हुन् ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा बाह्रदशी-४ का १९ वर्षीय साहिद खान, १९ वर्षीय सन्जाद आलम, २२ वर्षीय आसिक आलम, १७ वर्षीय सोहेल आलम, १८ वर्षीय सानाबाज आलम र १८ वर्षीय साहिल आलम छन् ।
इद मनाउन फनपार्कमा भेला भएका युवाहरूबीच सामान्य विषयमा विवाद हुँदा झडप भएको खुलेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















