संगालोखबर

झापा । झापाको भद्रपुर–धुलाबारी सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि बसेका दुईजना गम्भीर घाइते भएका छन् ।

Advertisement

प्रहरीका अनुसार मेचीनगर–१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मेचीनगर–१० कै २१ वर्षीय अभिषेक राई र २१ वर्षीय विवेक दनुवारको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!