संगालोखबर

झापा । झापाको शिवसताक्षी नगरपालिका–३ की एक महिला आफ्ना दुई छोरासहित घरमै मृत अवस्थामा भेटिएकी छन् । शुक्रबार बिहान उनीहरु तीनैजना घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

आमा अञ्जली बेस्रा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् भने सात वर्षीय छोरा विशाल र दुई वर्षका अर्का छोरा आयुष ओछ्यानमा फेला परेको प्रहरीले जनाएको छ । घरमूली भने रोजगारीका लागि बाहिर रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीका अनुसार तीनजना मृत अवस्थामा फेला परेको जानकारी आएलगत्तै टोली पठाएर अनुसन्धान सुरु गरिएको छ । टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि विस्तृत जानकारी आउने उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!