संगालोखबर

झापा । झापाको अर्जुनधारामा भएको आगलागीमा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । अर्जुनधारा–११ नयाँ बसपार्कस्थित एक ग्यारेजमा बिजुली सर्ट भइ आइतबार बिहान आगलागी भएको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय कमल कालिकोटेले सञ्चालन गरेको उक्त ग्यारेजमा बिहान करिब साढे ७ बजे आगलागी सुरु भएको थियो । आगलागीमा ग्यारेजको टहरा, पार्टपूर्जा र अन्य सामान जलेर नष्ट हुँदा ९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

बिर्तामोड नगरपालिकाको दमकल प्रयोग गरी प्रहरी र स्थानीय बासिन्दाले सवा ८ बजे आगो नियन्त्रणमा लिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!